logo

कृषक दम्पती हत्या प्रकरण,  प्रधानमन्त्री ओली र गृहमन्त्री बादललाई मेयरद्धारा ध्यानाकर्षण

      3/17/2018 गते 00 00 मा प्रकाशित     819   पटक पढिएको

सिमरा ३ चैत । 
 जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीका कृषक दम्पतीको हत्याको बिषयमा गम्भिर हुन मेयर डा. कृष्ण पौडेलले प्रधानमन्त्री र गृहमन्त्रीको धानाकर्षण गराएका छन् । 


तीन महिना वितिसक्दा पनि सुवेदी दम्पतीको हत्यारा पक्राउ पर्न नसक्नु दुःखद रहेको भन्दै मेयर डा. पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेट गरेर घटनाको बिषयमा जानकारी गराउदै ज्ञापनपत्र बुझाए । 

 


गत मंसीर १५ गते हत्या गरिएका कृषक दम्पती ३९ बर्षिय दीपक सुवेदी र ३२ बर्षिया दीपीका सुवेदीको हत्याको ध्यानाकर्षण गराउन मेयर डा. पौडेल बालुवारटार र गृहमन्त्री निवास पुगेका थिए ।

 

नेकपा माओवादी केन्द्रका नेता राजन पौडेल, एमालेका नेता कृष्ण खनाल, पीडित परिवारबाट लक्ष्मण सुवेदीसहित पुगेका मेयर डा. पौडेलले क्रुर तरिकाले हत्या गरिएको तीन महिना बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानियबासीमा त्रासको स्थिती रहेको भन्दै गम्भिरतापूर्वक अनुसन्धानलाई अघि बढाउन आग्रह गरे । 

 


प्रधानमन्त्रीलाई ज्ञापन बुझाउदै मेयर डा. पौडेलले दोषी पक्राउसंगै मृतकद्धयका छोराछोरी नाबालक रहेकाले उनीहरुको उचित शिक्षा र भरणपोषणको ब्यवस्था मिलाउन, कृषक शहिद घोषणा गर्न, ब्यवसायका लागि लिइएको ऋणको सावा र ब्याज मिनाहा गर्न, सुरक्षाको ब्यवस्था मिलाउन आग्रह गरेका छन् । ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर भएर लाग्ने बताएका थिए ।

 
यसअघि कृषक दम्पती र परिवारको अवस्थाका बारेमा मेयर डा. पौडेलसहित सहभागी नेताले गृहमन्त्रीलाई जानकारी गराएका थिए । मेयर डा. पौडेलले घटनालगत्तै उपमहानगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर र पीडित परिवारबिच भएको छलफलमा पाच बुदे सहमती कार्यान्यवन गर्नेतर्फ पहल अघि बढाउन आग्रह गरे । 


गृहमन्त्री बादलले बजनी घटनाको बिषयमा भएको अनुसन्धानको पछिल्लो अवस्था र त्यसलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित जिल्लाको सुरक्षा निकायसंग कुरा गरेर अघि बढ्ने बताएका छन् । भेटमा गृहमन्त्री बादलले दोषीलाई कानुनी दायरामा ल्याउन तत्काल निर्देशन दिने र पीडित परिवारको मागका बिषयमा छलफल गरेर अघि बढ्ने बताएको मेयर डा. पौडेलले जानकारी दिएका छन् । 


सुवेदी दम्पतीको मंसीर १५ गते घरेलु हतियार प्रयोग गरी हत्या भएको थियो । मृतक दम्पतीका १३ बर्षिया छोरी आर्जु र १० बर्षिय द्धोरा आर्जन रहेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.