logo

कृषक दम्पती हत्या प्रकरण,  प्रधानमन्त्री ओली र गृहमन्त्री बादललाई मेयरद्धारा ध्यानाकर्षण

      3/17/2018 गते 00 00 मा प्रकाशित     970   पटक पढिएको

सिमरा ३ चैत । 
 जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीका कृषक दम्पतीको हत्याको बिषयमा गम्भिर हुन मेयर डा. कृष्ण पौडेलले प्रधानमन्त्री र गृहमन्त्रीको धानाकर्षण गराएका छन् । 


तीन महिना वितिसक्दा पनि सुवेदी दम्पतीको हत्यारा पक्राउ पर्न नसक्नु दुःखद रहेको भन्दै मेयर डा. पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेट गरेर घटनाको बिषयमा जानकारी गराउदै ज्ञापनपत्र बुझाए । 

 


गत मंसीर १५ गते हत्या गरिएका कृषक दम्पती ३९ बर्षिय दीपक सुवेदी र ३२ बर्षिया दीपीका सुवेदीको हत्याको ध्यानाकर्षण गराउन मेयर डा. पौडेल बालुवारटार र गृहमन्त्री निवास पुगेका थिए ।

 

नेकपा माओवादी केन्द्रका नेता राजन पौडेल, एमालेका नेता कृष्ण खनाल, पीडित परिवारबाट लक्ष्मण सुवेदीसहित पुगेका मेयर डा. पौडेलले क्रुर तरिकाले हत्या गरिएको तीन महिना बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानियबासीमा त्रासको स्थिती रहेको भन्दै गम्भिरतापूर्वक अनुसन्धानलाई अघि बढाउन आग्रह गरे । 

 


प्रधानमन्त्रीलाई ज्ञापन बुझाउदै मेयर डा. पौडेलले दोषी पक्राउसंगै मृतकद्धयका छोराछोरी नाबालक रहेकाले उनीहरुको उचित शिक्षा र भरणपोषणको ब्यवस्था मिलाउन, कृषक शहिद घोषणा गर्न, ब्यवसायका लागि लिइएको ऋणको सावा र ब्याज मिनाहा गर्न, सुरक्षाको ब्यवस्था मिलाउन आग्रह गरेका छन् । ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर भएर लाग्ने बताएका थिए ।

 
यसअघि कृषक दम्पती र परिवारको अवस्थाका बारेमा मेयर डा. पौडेलसहित सहभागी नेताले गृहमन्त्रीलाई जानकारी गराएका थिए । मेयर डा. पौडेलले घटनालगत्तै उपमहानगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर र पीडित परिवारबिच भएको छलफलमा पाच बुदे सहमती कार्यान्यवन गर्नेतर्फ पहल अघि बढाउन आग्रह गरे । 


गृहमन्त्री बादलले बजनी घटनाको बिषयमा भएको अनुसन्धानको पछिल्लो अवस्था र त्यसलाई प्रभावकारी बनाउनका लागि सम्बन्धित जिल्लाको सुरक्षा निकायसंग कुरा गरेर अघि बढ्ने बताएका छन् । भेटमा गृहमन्त्री बादलले दोषीलाई कानुनी दायरामा ल्याउन तत्काल निर्देशन दिने र पीडित परिवारको मागका बिषयमा छलफल गरेर अघि बढ्ने बताएको मेयर डा. पौडेलले जानकारी दिएका छन् । 


सुवेदी दम्पतीको मंसीर १५ गते घरेलु हतियार प्रयोग गरी हत्या भएको थियो । मृतक दम्पतीका १३ बर्षिया छोरी आर्जु र १० बर्षिय द्धोरा आर्जन रहेका छन् । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.