logo

बिपल्व नेकपाको उर्दी दलाल संसदीय सत्ता जनप्रतिनिधि राजीनामा देउ

      3/19/2018 गते 00 00 मा प्रकाशित     1649   पटक पढिएको

बीरगंज ५ चैत । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी ले स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा मागेको छ ।

नेकपाले पर्साको वीरगञ्ज महानगरपालिका र बाराको जीतपुर(सिमरा उपमहानगरपालिकाका मेयर र उपमेयरको राजीनामा माग गरेको हो ।


वीरगञ्ज महानगरका मेयर बिजय सरावगी, उपमेयर शान्ति कार्की, जितपुर सिमराका मेयर डा. कृष्णा पौडेल, उपमेयर सरस्वती चौधरीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो ।


विप्लव नेतृत्वको नेकपाले देशभर जनपरिषद् निर्माण गरेर अघि बढिरहेको बताउँदै राजीनामा पत्रमा दलाल संसदीय सत्ताको कथित जनप्रतिनिधि बनेर नबस्न भनिएको छ ।

‘तपार्इं दलाल संसदीय सत्ताको कथित जनप्रपतिनिधि बनेर बस्नु जनघात र राष्ट्रघातमा सहीछाप लगाउनु सरह हो । नेपाली जनताप्रति विश्वासघात गर्नु हो । मुलुक र जनतालाई फेरि युद्धतर्फ धकेल्ने कुरामा सहमति जनाउनु हो ।’ पत्रमा अगाडि लेखिएको छ अतः हाम्रो जनसत्ताले दलाल संसदीय सत्ताको सम्पूर्ण पक्रिया र गतिविधिलाई खारेज गरेर अघि बढी रहेको सन्दर्भमा तपाईले यो पुरानो कथित प्रतिनिधिबाट तत्काल राजीनामा दिइ वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा  सहयोगका लागि हार्दिक अपील गर्न चाहन्छु ।’

पर्सा जिल्ला संयोजक बुच्ची यादवले हस्ताक्षर गरेको राजीनामा पत्रमा राजीनामा जनताको तर्फबाट गरिने प्रतिवादको सामना र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैं बन्न चेतावनी दिएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर पौडेलले आफूले पनि पत्र आएको हल्ला सुनेको बताए । कामको सिलसिलामा काठमाण्डौमा रहेकोले पत्र हेर्न नपाएको उनको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.