logo

बुहारी हत्या आरोपमा ससुरा पक्राउ पति फरार

      3/19/2018 गते 00 00 मा प्रकाशित     615   पटक पढिएको

बीरगंज ५ चैत 
सखुवा प्रसौनी गाउँपालिकाको  वडा नं ५ बलुवा निवासी २४ वर्षिया ज्ञान्तीदेवी यादवको ०७४ चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षिय ससुरा रामबालक प्रसाद यादवलाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

यादवलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको हो । उनी बिरुद्ध कर्तब्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजन लिम्बुले बताए ।

 

दिउसो १२ बजे ज्ञान्तीदेवीलाई परिवारका सदस्यहरु मिलेर कुटेको प्रहरीले जनायो । उनका पति २५ वर्षिय रामबाबु यादव भने फरार रहेका छन ।

 

चैत १३ गते मृतकका पिता बहुदरामाई नगरपालिकाको वडा नं १ बिश्रामपुर निवासी ४८ वर्षिय पारस राउत अहिरले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गरेका हुन ।

 

मृतक यादवको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा शव परिक्षण भएको प्रहरीले जनायो । हत्याको घटनालाई मिलाउन स्थानीय भद्र भलाद्धमीहरु लागेको स्रोतले जनायो ।

 

बिवाहमा भएको खर्च र दाइजो लिए बापतको रकम फिर्ता गर्ने गरि हत्या केशलाई मिलाउन प्रयास भइरहेको स्रोतको दावी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.