logo

पप्पु कन्सट्रक्सनको बदमासी, कतै पुल भाँचियो, कतै नदीमा भासियो

      3/23/2018 गते 00 00 मा प्रकाशित     4580   पटक पढिएको

काठमाडौं। रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो। पुलको पूर्वपट्टिको पिल्लर भासिएपछि पप्पु कन्स्ट्रक्सन आफैँले मर्मत गरेर सञ्चालनमा ल्यायो।

तर त्यसको केही समयमा नै पश्चिमपट्टीको पिलर भासियो। पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो।महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँच्चियो। गत भदौमा बबई नदीमा आएको बाढीका कारण पुलको पिलर भासिएपछि पुल भाँचिएको थियो। पुल निर्माण गर्दा पानीमा बनाइने फाउन्डेसन कमजोर भएकाले पनि पुल निर्माण कमजोर भएको सडक विभागको प्रारम्भिक अध्ययनले देखायो।

यसको भुक्तानी रोकिएपछि पप्पु कन्सट्रक्सनले सडक विभाग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ। परामर्शदाताको सुझावअनुसार पुलन नबनाएको र कमजोर कंक्रिट तथा पिल्लर प्रयोग गरेका कारण नतिजा कमजोर देखिएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएकव छ। भदौमा भाँच्चिएपछि पुल अलपत्र अवस्थामा छ। यी दुई प्रतिनिधि उदाहरणमात्रै हुन्। पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित हरि नारायणप्रसयाद रौनियारको पप्पु कन्सट्रक्सनले निर्माण गरेका धेरै आयोजना यस्तै समस्यामा फसेका छन्। पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेका पुलहरुमा यस्तै समस्या देखिएका छन्। निर्माणाधीन पुलको काम पनि समयमा हुन सकेको छैन।

कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ। पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाई ५ हजार ७ सय ८० मिटर छ। तर अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा पनि काम भने सुरु समेत भएको छैन। भएकाको पनि राम्रो काम नभएको सडक विभागले जनाएको छ। 'हाम्रो मूल्यांकनमा सबैभन्दा कमजोर काम गर्ने ठेकेदार कम्पनीमध्येको एउटा यो हो,' विभागका ती अधिकारीले भने, 'पप्पु कन्स्ट्रक्सनले बनाएका कुनै आयोजना छैन जसमा समस्या नभएको होस्।'

पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा बागमती नदीमाथि आर्क ब्रिज निर्माणको ठेक्का पनि पाएको छ। यो वर्ष पुरा हुने भनिएको आयोजनाको फाउन्डेसन निर्माणको काम भइरहेको छ। ठेकेदारले समयमै काम नगरेका कारण आयोजनामा ढिलाई भइरहेको विभागले जनाएको छ। यस्तै टेकुमा बन्न लागेको मोटरेबल पुल तीन वर्ष अघि नै निर्माण सक्नुपर्ने भए पनि कम्पनीले बल्ल निर्माण थालेको छ। एसियाली विकास बैंकको सफ्ट लोनमा बन्न लागेको पुलको काम समयमा नभएपछि दाताले ऋण रोक्ने चेतावनी दिएपछि बल्ला काम अघि बढेको छ।

कम्पनीले देशका विभिन्न सडक खण्डमा रहेका पुल तथा कान्ति लोकपथ,मध्यपहाडी लोकमार्ग,धरान-चतरा-हेटौँडा सडकका केहि पुलहरुको पनि ठेक्का लिएको छ। देशैभरिका पुलहरुको निर्माण कार्य सन्तोषजनक नरहेको विभागको भनार्इ छ। ठेक्का मात्रै लिने र गुणस्तरीय काम गर्न नसक्ने ठेकेदार कम्पनीलार्इ सडक विभागले कारबाहि गर्न सकेको छैन।

सडक विभागको पुल महाशाखाका एक अधिकारीका अनुसार अनुगमन नभएका बेला र राति तथा बिदाको दिन यो कम्पनीले निर्माणको काम गर्छ। जसका कारण अनुगमनमा जाने कर्मचारीलाई पनि समस्या हुने गरेको ती अधिकारीले बताए।

सडक विभागले कमसल काम गरेको भन्दै कालोसूचीमा राख्न पप्पु कन्सट्रक्सनलाई स्पष्टीकरण पनि सोधेको थियो। तर विभागबाट पत्र प्राप्त भएपछि पप्पुले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा दायर गर्यो । सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनलाई तत्काल कालोसूची नराख्न अन्तरिम आदेश दिएपछि सडक विभागको प्रयास पनि बिचमै असफल हुन पुगेको थियो।
 

पुलको नाम ठेगाना  लम्वाइ (मि) खरिद संझौता सम्पन्न हुनु पर्ने मिति भौतिक प्रगति (%)
लमहा खोला  रौतहट  125.9 2/26/2073 6/15/2075  
चादी नदी पुल रौतहट  470 3/31/2073 3/31/2076 16
तरहरी झाझ नदी पुल रौतहट  60 9/6/2073 10/2/2075 18
दार्इजी खोला पुल कन्चनपुर 170 9/26/2072 9/25/2074 44
शिवगंगा नदी पुल  कैलाली 120 3/27/2074 3/25/2077 0
नौरञ्जिया पुल  पर्सा 42.27 4/27/2068 4/27/2070 85
तिलाव नदी पुल  पर्सा 73.84 4/27/2068 4/27/2070 35
वेदहा खोला पुल  पर्सा 72.95 4/28/2072 4/30/2073 55
हेरियाडी पुल  पर्सा 72.95 4/28/2072 4/30/2073 55
ओरहि पुल  महेन्द्रनगर 125.9 7/20/2072 1/19/2075 26.76
बागमती नदी पुल  रौतहट  700 3/28/2073 3/27/2076 10
सुनकोशी नदी पुल  धरान 120 3/30/2073 3/29/2073 0
लाल बकैया खोला पुल रौतहट  250 3/30/2072 3/29/2076 10
बागमती खोला पुल  ललितपुर 10 3/28/2068 9/21/2073 90
त्रिशुली नदी पुल  ललितपुर  151 3/31/2073 9/30/2075 0
कमला नदी पुल  ललितपुर 400 3/11/2074 11/9/2077 0
बागमती खोला पुल  ललितपुर  200 3/28/2074 3/28/2077 0
बबर्इ नदी पुल  नेपालगंज 200 3/30/2073 9/30/2075 7
घाटगाउ कर्णाली पुल  नेपालगंज 550      
सुनसरीमोरङ पुल  सुनसरी 40 3/31/2073 3/30/2075 30
त्रिशुली नदी पुल  गोरखा  151.05 3/29/2071 9/29/2074 8.7
ओरइ नदी पुल नेपालगंज 160 073/074 077/088 0
गिदेरी खोला पुल  लहान    3/31/2071 3/30/2074 15
भेरी नदी पुल  सुर्खेत  120 2069/03/029 9/28/2072 0
बबर्इ पुल,जम्दिघाट  नेपालगंज 425 067/068 073/074 0
रातो नदी पुल  जनकपुर       0
कमला खोला पुल    547 3/31/2068 4/15/2074 45
जल्लाद खोला पुल जनकपुर 120 3/19/2074 10/4/2076 0
लालबकैया पुल  रौतहट  236 3/29/2071 3/25/2074 35
महुली घाडन पुल  राजविराज 66 3/31/2071 9/30/2073 `
जम्मा   5779.86      

सभारःबिजमाण्डु  डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.