logo

ठुलो धनराशी चिठ्ठा प¥यो भन्दै ठगी हिड्नेहरु प्रहरीको फन्दामा

      3/23/2018 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

वीरगन्ज ९ चैत  । लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरि लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका २ जना भारतीय र १ जना नेपाली नागरिकसहित ३ जनालाई सार्बजनिक गरेको हो ।

 

पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाई नगरपालिका २ सिसयाडीका २१ वर्षीय राजकुमार यादव ,भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रामगढवा ग्राम पञ्चायतका २२ वर्षीय नौसाद आलम, सोही ठाउँ घर भइ हाल बाराको परवानीपुर गाउँपालिका २ रामपुर टोकनी बस्ने २५ वर्षीय अशोक यादव  रहेका छन ।

पक्राउ परेका मध्ये नौसाद आलम पेशाले ईन्जिनियर भएको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई प्रहरीले गत चैत ७ गते वीरगंज महानगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रकम झिकीरहेको अवस्थामा पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले बताए ।

 

उनीहरुको साथबाट रु १ लाख ४७ हजार ८२२ रुपैयाँ नगद, ३ वटा नेपाली र भारतीय सिमसहितको मोबाईल, फोटो, नागरिकताको प्रतिलिपी, विभिन्न बैंकको एटिएम कार्ड ७ थान, चेक बुक लगायतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । 

 


पर्सा प्रहरीले यसअघि पनि चार पटक यसरी ठगीमा संलग्न गिरोह पक्राउ गरिसकेको छ । फागुन २३  सार्वजनिक गरिएकासमेत गरी ठगीमा संलग्न २० जना पर्सामा नै पक्राउ परेका छन् । जसमा ९ जना भारतीय नागरिक छन् ।

 


गत फागुन २३ गते ५ जना मंसिर १४ गते ६ जना, पुस ३ गते ३ जना र फागुन ७ गते ३ जना पक्राउ परेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.