logo

राजपा नेता सिंह बिरुद्ध बलात्कार गरेको आरोपमा धनुषा प्रहरीमा उजुरी दर्ता 

      3/25/2018 गते 00 00 मा प्रकाशित     1147   पटक पढिएको

जनकपुर,११ चैत्र  ।   धनुषाको एक हेल्थपोष्टमा कार्यरत युवती (नामपरिर्वतन) निसाकुमारी झाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहमाथि यौन शोषण र रकम लिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दायर गरेकी छिन् । 

 

युवतीले उजुरीमा उल्लेख गरेअनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रीय सदस्य र केयर सोसाइटी अफ नेपालको अध्यक्ष भनि परिचय दिएर सम्बन्ध बढाएका थिए।

 

ती युवती घरपायक सरुवा नपाएर छटपटिएको थाहा पाएपछि सिंहले, “सरुवा गराउनु कुनै ठूलो कुरो होइन । राजेन्द्र महतोसँग मेरो अत्यन्तै नजिकका हुन् । मैले भनेपछि उनले गराइदिन्छन्” भनेर प्रभावित गरेको उजुरीमा उल्लेख छ।

 

आफूलाई काठमाडौं ल्याएको र राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट गराएको पनि उजुरीमा झाले खुलाएकी छिन् ।

 

सरुवा गराउन खर्च लाग्ने भनेकोले आफूसँग भएको रकम रु १ लाख ३७ हजार सुम्पेको पनि उनले उजुरीमै लेखेकी छिन्।

 

पुस २५ गतेदेखि माघ ४ गतेसम्म काठमाडौको गौशालास्थित रोज स्टार  होटलमा राखेको र परिवन्धमा पारी पटक–पटक यौन शोषण गरेको किटानी गरेकी छिन्।

 

काठमाडौंबाट फर्कंदा पनि बर्दिवासको नवोबुध्द होटलको २०५ नम्बर रुममा, जनकपुर आइपुगेर वेलकम होटलमा र जयनगर गएका बखत जयनगरको राजस्थान होटलमा राखेर अनेकौं प्रपञ्च रची यौनशोषण गरेको ब्यहोरा खुलाएकी छिन्

 

रकम लिएको र यौनशोषण गरेको कुरो कसैलाइ भन्योभने खैरियत छैन भनेर धम्क्याएको पनि उजुरीमै बताएकी छिन्।

 

उक्त उजुरीलाइ जिल्ला प्रशासन कार्यालय, धनुषाले मिति चैत्र ८ गते  दर्ता(नम्बर ६१५३ मा दर्ता गरेको छ। तर सिहंले भने झासंग आफूले ६ लाख रुपैया लिनु पर्ने बताएका छन । त्यही रकम माग गर्दा आफूलाई फसाउने षडयन्त्र झाले गरेको सिंहको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.