logo

नेपाललाई नहेप्न युरोपेली युनियनलाई प्रधानमंत्री ओलीको चेतावनी

      3/25/2018 गते 00 00 मा प्रकाशित     1030   पटक पढिएको

काठमाडौँ ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियनले हेपेको भन्दै त्यो नेपालले नसहने बताएका छन ।

 

आइतवार राष्ट्रीय निर्वाचन पर्यवेक्षक समितिले राजधानीमा  प्रतिवेदन सार्वजनीक गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमंत्री ओलीले चुनाव अगाडि  धर्म प्रचार गर्न खोज्दा ठाउँ ठाउँबाट फिर्ता गरिदिएकोले  त्यही रिसमा  नेपाल र नेपालीलाई हेपेर बोलने काम भएको बताए । त्यो नसहने प्रधानमंत्री ओलीले बताएका छन्।

 

 प्रधानमन्त्री ओलीले भने, ‘युरोपेली युनियनले नेपाली र नेपाललाई हेपेर बोलेको र काम गरेको छ, त्यसलाई सच्याउन अनुरोध गर्दा झन् बचाउ गर्‍यो। नेपाल सार्वभौम मुलुक हो । हामीले हेपेको सहन सक्दैनौँ।’

 

उनले धाक लगाएर नेपाली जनतालाई बगाउन नपाइने बताए। उनले भने, ‘अधिकांश युवा रोजगारका लागि खाडी मुलुक जाँदा मत कम खसेको हो। ७३ प्रतिशात मत खस्नु गर्वको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन पर्यवेक्षणका नाममा नेपालको संविधान, सामजिक संरचना र उपलब्धिमाथि धावा बोल्ने छुट छैन।’

 

उनले धर्म प्रचार गर्न नदिएको झोँक प्रतिवेदनमा देखाउन नमिल्ने भन्दै युरोपेली युनियनको चर्को प्रतिवाद गरेका छन्। उनले भने, ‘हामी पूर्ण प्रजातान्त्रिक हो। हामी कोहीभन्दा कम छैनौँ। बेलायतले नेपालजस्तै आफ्नो संसद र सरकारमा महिलाको संख्या बढी बनाएर देखाओस्।’

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.