logo

पर्सामा लागू औषध र हतियार सहित पक्राउ 

      3/26/2018 गते 00 00 मा प्रकाशित     1104   पटक पढिएको

वीरगन्ज, १२ चैत्र । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा लागू औषध र हतियार सहित पक्राउ परेकाहरुलाई सोमबार सार्वजनिक गरेको छ ।

 

चैत १० गते बेलुकी वीरगंज महानगरपालिका वडा नम्बर–१६ मा चेकजाँज गर्ने क्रममा भारत बिहार जिल्ला मोतिहारी पुर्बी चम्पारण थाना रक्सौल सुक्ला कोलोनी बस्ने २० वर्षियको पवन गुप्तालाई प्रतिबन्धित लागू औषध चरेशको ८ वटा प्याकेट सहित पक्राउ गरेको छ ।

 

उनको साथबाट फेला परेको चरेस तौल गर्दा ४ किलो रहेको प्रहरीले जनाएको छ । सोमबार साढे ११  बजेको समयमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर–५ प्रसौनीभाठा स्थित बाटोमा प्रहरी चौकी प्रसौनीभाठाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको साईकल यात्रीलाई चेत्रजाँच गर्ने क्रममा सोही स्थान बस्ने अन्दाजी बर्ष ७० का महोदिन देवानलाई एक १ किलो प्रतिबन्धित गाँजा सहित पक्राउ गरेको छ । 
दुई नाले कटुवा पेस्तोल बरामद
चैत्र १० गते पर्साको कालिकामाई गाउँपालिकाबाट हतियार सहित एकजनालाई पक्राउ गरेको छ ।

 

कालिकामाई गाउँपालिका वडा नं.–४ बलुवाटोलमा भएको झै – झगडा नियनत्रणका लागि सुरक्षा वेश क्याम्प सुर्जाहाकट्टी, पर्साबाट गएको ३ जनाको टोलीले झगडा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा सोही स्थान बस्ने बर्ष ६२ को सा हुसेन मियाँको साथबाट १ नाल कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

 

हतियार सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.