logo

प्रधानमन्त्री ओलीद्वारा कुटनीतिक समूदायलाई सम्वोधन

      3/27/2018 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

काठमाडौं,१३चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताएका छन   ।  


आज प्रधानमन्त्री निवास बालुवाटारमा कुटनीतिक समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँगको  आपसी सम्बन्धका बिबिधताहरुलाई अझ पहिल्याउँदै लगिने बताए ।

 

उनले खासगरी व्यापार ,लगानी ,पर्यटन र जनस्तरको आदानप्रदानलाई महत्व प्रदान गर्न चाहेको उल्लेख गरे । आपसी सहयोगका क्षेत्रमा  विकासका  प्रमुख साझेदारहरुसँगको दुई पक्षीय सम्बन्धलाई निरन्तर अगाडी बढाउने प्रम ओलीले प्रष्ट पारे ।

 


प्रधानमन्त्री ओलीले  विकासका साझेदारहरुबाट प्राप्त भइरहेको सहयोग र साहायताको विशेष रुपमा स्मरण गर्दै  विकास–सहयोगको क्षेत्रमा सफलताका कथा प्रस्तुत गर्न सक्नु पर्ने सरकार स्पष्ट रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको विद्यमान संविधानमै नेपालको राष्ट्रिय स्वार्थलाई सुस्पष्ट रुपमा परिभाषित गरिएको बताउदै “संविधानले नै अन्तराष्ट्रिय सम्बन्धको खाका प्रस्तुत गरेको औल्याए ।
प्रधानमन्त्रीले नेपालको कुटनीतिक लक्ष्यका आधार अन्तराष्ट्रिय स्तरमा लोकतन्त्रको विस्तारित अभ्यास भइरहेको राष्ट्रका रुपमा नेपालको छवि प्रवद्र्धन गर्नु  र आर्थिक सामाजिक विकासका कारकको पहिचान गर्नु रहेको बताए । उनले नेपालको कुटनीतिक सम्बन्धका आधारहरुका विषयमा प्रकाश पार्दै  राष्ट्रिय स्वार्थ अन्तरगत सार्वभौमिकता ,अखण्डता र स्वाधिनतालाई सर्वोपरी महत्व दिइने बताए  ।

 


नेपाल पञ्चशील र असंलग्नताको सिद्धान्तका साथै संयुक्त राष्ट्रसंघको वडापत्र,अन्तराष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताहरुप्रति प्रतिवद्ध रहनेछ भन्ने प्रतिवध्दता व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले भने “हामी सबैसँग मित्रता गर्ने तर कसैसँग शुत्रता नगर्ने नीतिप्रति सदा कटिवद्ध रहनेछौं ।” प्रधानमन्त्रीले विकाससम्बन्धी नेपालको  प्रयास र विकासका मानक नै  कुटनीतिक  प्रयत्नका आधारशिलाका रुपमा रहिरहने प्रष्ट पारे ।

 


प्रधानमन्त्री ओलीले देशको संस्कृति,सभ्यता र पहिचानलाई अमूल्य निधिको रुपमा उल्लेख गरे । उनले नेपाललाई विविधता र स्रोतले परिपूर्ण राष्ट्रका रुपमा विश्वमा परिचित गराउने लक्ष्य रहेको बताए ।

 


प्रधानमन्त्री ओलीले बहुपक्षीय सम्बन्धलाई अघि बढाउने क्रममा संयुक्त राष्ट्रसंघ लगायतका विश्व–संस्थाहरुमा नेपालको भूमिका अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेका छन  । 
प्रधानमन्त्री ओलीले शान्ती, सुरक्षा, विकास तथा मानव अधिकारजस्ता संयुक्त राष्ट्र संघीय सुधारको पहलका तीन वटै आधार स्तम्भहरुलाई समान मान्यता प्रदान गरिने बताए । 

 


नेपाल अन्तर्राष्ट्रिय विवादहरुको शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताउँदै उनले भने “नेपालले आमविनाशकारी हातहतियारको सम्पूर्ण रुपमा अन्त्य गर्ने विश्व प्रयासप्रति समर्थन जनाइरहनेछ । ” 
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायको सवाललाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग कार्यरत रहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएका छन  ।

 

 उनले   मानव अधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघनका घटनाहरुमा आम माफी नदिइने  स्पष्ट समेत पारेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.