logo

चक्कुले रोपेर साढुदाईले साढु भाईको हत्या गरे

      3/28/2018 गते 00 00 मा प्रकाशित     618   पटक पढिएको

बीरगंज १४ चैत । 
पर्साको जगरनाथपुरमा साढुुदाईको छुरा प्रहार बाट साढुभाईको हत्या भएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नं ४ लंगडीमा ससुराली गएका साढु दाई र भाई वीच रक्सी सेवन पछि झगडा हुदा छुरा प्रहार भएको हो ।

 

छुरा प्रहार बाट साढु भाई धोविनी गाउँपालिका–४, लंगडीका ३० वर्षीय उमेश मुखिया विन घाइते भएका थिए । उनको  शरीरको तीन ठाउमा छुरा हानिएको प्रहरीले जनायो ।

 

उनलाई १३ गते राती १० बजेको करिवमा छुरा प्रहार गरिएको स्थनीयले बताएका छन ।उनलाई उपचारकोलागि पोखरिया स्थित जिल्ला अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।

 

 जिल्ला प्रहरी कार्यालय, पर्साले बिनको हत्यामा संलग्न रहेको आरोपमा भारत बिहारको बेतिया जिल्ला कंगली थाना अन्र्तगत कठिया मठिया निवासी  साढु दाइ बिजुली मुखियाबिनको खोजी भइरहेको बताएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको बताए ।

 

दुवै जगरनाथपुर स्थित ससुराली आएका रहेछन्, मदिरा सेवनपछि झगडा भएको र बिजुलीले उमेशलाई छुरा हानेछन् प्रवक्ता लिम्बुले भने ।  छुरा प्रहार गर्ने बिजुली फरार छन् ।

 

बिजुली भारतमा समेत अपराधीक क्रियाकलापमा रहेको स्थानीयले बताएका छन । भारतमा अपराध गरेर लुक्न नेपाल आउने गरेका मुखियाले आफनै साढुसभाईलाई हत्या गरेर फरार भएका छन ।  

 

प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।प्रहरीले अनुसन्धानका लागि बिजुलीका ससुरा र सासुलाई नियन्त्रणमा लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.