logo

बन कर्मचारीकै मिलोमतोमा काठको अवैध चोरी निकासी भइरहेको अरोप 

      4/1/2018 गते 00 00 मा प्रकाशित     754   पटक पढिएको

बीरगंज १९ चैत ।
बनगस्ती टोलीले १५ थान गोलीया काठ र साइकल बरामद गरेको छ । पटेर्वा गाउपालिकाको रंगपुर रेन्जपोष्टमा रहेको बन कार्यालयले चोरी निकासी हुदै गरेको काठ र साइकल नियन्त्रणमा लिएको हो ।

 

काठ तस्करहरु फरार भएको बताइएको छ । रंगपुर रेन्जपोष्ट भन्दा ५ सय मिटर पूर्वपट्टीको बाटामा ३ वटा साइकल र गोलीया काठ बरामद गरेको सहायक बन अधिकृत खुरदुस मियाले बताए ।

 


आज बिहान रंगपुर बजारको पश्चिम पट्टी रहेको बकुल गाउँभन्दा माथि  ८ वटा गोलीया र साइकल फेला परेको छ । त्यस्तै जमुनिया खोलाको छेउ जंगल भित्रै ७ वटा गोलीया पगस्ती टोलीले फेला पारेको छ ।

 

बिशेष सूचनाको आधारमा परिचालीत भएको बन गस्तीटोलीले बन कार्यालयको छेउबाटै काठको तस्करी भइरहेको घटना सार्वजनीक गरेको छ ।

 

पहिल्लो ३ वटा साइकल र गोलीया काठ रंगपुरकै लाल बहादुर राम धुरन मुसहर र मेघु माझीको रहेको स्थानीयले बताएका छन ।  

 

रंगपुर रेन्जपोष्टमै कार्यरत बन कर्मचारी मित्रदेव चौधरी र शंकर र्चौधरीले तस्करहरुसंग नजरानालाई अवैध रुपमा काठ निकासीको वतावरण बनाउदै आएको स्थानीयले आरोप लगाएका छन ।

 

आरोप लागेका कर्मचारीको बिषयमा अनुसन्धान शुरु भएको पर्साका जिल्ला बन अधिकृत राजेश्वरमान श्रेष्ठले बताएका छन । आरोपीत कर्मचारीहरुलाई कारवाही शुरु भएको उनले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.