logo

सेवाप्रदायक र सेवाग्राहीवीच अन्तरक्रिया, स्थानीय तहनै रणभूल्लमा 

      4/2/2018 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

बीरगंज १९ चैत  । 
वीरगञ्जमा आज सेवा प्रदायक र सेवाग्राहीबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूह पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो । 

 


कार्यक्रमको बारेमा बोल्दै इन्सेकका पर्सा प्रतिनीधि के.सी. लामिछानेले राजनीतिक अधिकार प्राप्त भईसकेकोले अब सामाजिक आर्थिक, साँस्कृतिक अधिकारका लागि काम गर्नुपर्ने बेला आईसकेको बताए ।

 

राज्यले जनतालाई उपलब्ध गराउँछु भनेको सेवा सुविधा पाएको नपाएको निगरानी गर्ने र सम्बन्धित निकायलाई झकझकाउने काम निगरानी समूहले गरिरहेको उनले बताए । 

 


उनले पर्साको पटेर्वा सुगौलीको वडा नं २ गादी र सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुवन मथवलमा मानव अधिकार निगरानी समुह बनाएर राज्यले दिने सेवा र सेवा प्रवाहबाट बन्चित नागरिकको वीचमा सहजीकरण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

 


जिल्ला स्थित कार्यालयको अधिकार अब स्थानीय तहमा गईसकेकोले त्यहाँबाट हुने सेवा प्रवाहका बारेमा निगरानी समूहले निगरानी गर्ने उनको भनाई छ । 


नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा भएको कार्यक्रममा मानव अधिकार निगरानी समूह गादीका अध्यक्ष एवं वडा अध्यक्ष विजय गैरेले मानव अधिकार निगरानी समूह मार्फत गादीमा शिक्षा, स्वास्थ्य र खाद्यान्नको क्षेत्रमा उल्लेखनीय काम भईरहेको बताए ।


मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत ब्यक्ति  नेपालेन्दु साहले शिक्षाको सबै अधिकार स्थानीय तहमा गएको चर्चा गर्दै स्थानीय तहले अहिले सम्म कार्यविधि बनाउन नसकेको बताए ।

 

उनले स्थानीय तहले नीति नियम कार्यविधि नवनाएकोले अन्यौलता समेत बढेको उनले बताए । उनले जिल्ला शिक्षा कार्यालय पर्साले हिजोका दिनमा सम्पादन गर्दै आएको काम अव स्थानीय तहबाट हुने बताए । 

 


 जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राज किशोर पण्डितले नयाँ ब्यवस्था र संरचना अनुसार नागरिक स्वास्थ्यको क्षेत्रमा स्थानीय तह जिम्मेवार हुनु पर्ने बताए । उनले जनस्वास्थ्यका कर्मचारीहरु सबै स्थानीय तह अन्र्तगत ब्यवस्थापन भएको उनले बताए ।

 

जनस्वास्थ्यका कर्मचारीहरु स्थानीय तहमा समायोजन भएको समेत उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा पहिला जस्तो कार्यकारी तहमा नरहेको उनले बताए ।

 

उनले स्थानीय तहले नै औषधी खरिद गर्न पाउने गरि बजेट निकासा समेत भएको बताए । जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख विरेन्द्र सिन्हाले पनि अहिलेको संरचना अनुसार स्थानीय तहले काम गर्न नसकेको बताए ।

 

उनले स्थानीय तहले बुझेर पनि बुझ पचाएको हो की भन्ने आशंका ब्यक्त गर्दै उनले स्थानीय तहको कामले जनताले प्रभावकारी सेवा पाउन नसकेको मात्र होइ नझ अन्यौलता बढेको बताए ।

 

 कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जरा, महिला नेतृ रञ्जु दहाल गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह  लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन मानव अधिकार निगरानी समुह पर्साका सचिव समशुल हवारीले गरेका थिए ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.