बीरगञ्ज १९ चैत ।
वीरगंजलाई प्रदेश नं . २ को प्रादेशिक राजधानीको आन्दोलन सकिएको छ । पुष २१ गते देखी शुरु भएको आन्दोलन आज बाट सकिएको हो ।
बीरगंज राजधानी संघर्ष समितिले हालकालागि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपछि आन्दोलन सकिएको हो ।
बीरगञ्ज राजधानी संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले सवै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिए ।
संघर्ष समितिले गत पुस २१ गते देखि घण्टाघरमा रिले अनशन, मशाल जुलुस, वीरगंज बन्द, छलफल लगायतका बिरोधका कार्यक्रमहरु गर्दै आएको थियो ।
संर्घष समितिले आज मशाल जुलुस, छलफल, र भोली चैत्र २० गते वीरगंज बन्दको कार्यक्रम घोषणा गरेको थियो ।
विबिध कारणवश हाललाई आन्दोलन स्थगित गरिएको सह संयोजक गुप्ताले बताए । उनले बिद्यमान अवस्थाका कारण आन्दोलनलाई उपयुक्त समयमा थप प्रभावकारी बनाइदै जन चाहना अनुरुप अघि बढाउने पनि गुप्ताले बताए ।
तपाईको प्रतिक्रिया