बीरगंज २० चैत ।
जबरजस्ती करणी तथा महिला हिँसा बिरुद्ध मंगलवार बीरगंजमा जनचेतना मूलक र्याली निकालिएको छ ।
घन्टाघरबाट शुरु भएको र्याली नगरको बिभिन्न भाग परिक्रमापछि घन्टाघरमा कोणसभमा परिणत भएको थियो । कोणसभामा सरोकारवालाहरुले महिला हिँसा बिरुद्धको अभियानमा प्रतिबद्धता जनाएका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिँह, बीरगंज ब्यारेकका कर्णेल, पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बिभिन्न समाजीक संघ संस्थाको प्रतिनिधिहरुले जबरजस्ती करणीका अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा महिला अधिकारको क्षेत्रमा कार्यरत संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया