logo

नारायणी उपक्षेत्रीय अस्पताल आफै घाइते, हजारौको सामान कौडीको मोलमा बेचीयो

      4/3/2018 गते 00 00 मा प्रकाशित     872   पटक पढिएको

वीरगंज, २१ चैत
    नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका करोडौं मूल्यको सामान कौडीको मूल्यमा बेचेको तथ्य सार्वजनिक भएको आजको प्रतीक दैनीकमा  समाचार छ । 


    चालू हालतको सामान्य मरम्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेको  फलाम, काठ र प्लास्टिकका सामानहरू ठेक्काबाट बिक्री गरेको प्रमाण भेटिएको छ । अस्पतालले २०७४/७/१२ गते सूचना प्रकाशित गरी २८२ वटा सामान  ८८ हजार ९ सय ७ मा बिक्री गरेको पाइएको छ । 


    सूचना सार्वजनिक गरेपछि १३ वटा संस्थाले सो सामान खरिद गर्न निवेदन दर्ता गराएकोमा आपसी मिलोमतो गरी अन्यले च्याँखे थापी रकम खाएको र प्रिमियम इन्टरप्राइजेज वीरगंज–६ ले बढाबढ लिलाममा सामान सकार गरेको देखिन्छ ।

 

तत्कालीन मेसु डा. चित्तरञ्जन साह, स्टोरकिपर वीरेन्द्रप्रसाद चौधरी तथा कर्मचारी अशोक श्रीवास्तवलगायत अन्य कर्मचारीको मिलोमतोमा सो सामान बिक्री गरेको कर्मचारीहरूले बताएका छन् । 


    चारवटा एक्सरे मेशीन  २ हजारमा, फलामे बेड ३ सय, अपरेशन टेबुल  ५ सय, बिरामी जाँच्ने फलामे टेबुल  १० रुपैया, काठको टेबुल  ५ रुपैया, आल्मुनियम केतली  १० रुपैया, काठको आलमारी  ३० रुपैया, गोदरेज ट्रली  १० रुपैया, जेनेरेटर  १ हजार, एयरकन्डिशनर मेशिन  १ हजार, काठको ¥याक  ७५ रुपैया, माइक्रोस्कोप  २ सय, मोटरपम्प  ५ सय, एयरकूलर  ५ सय, स्टीलको बाटा  ३० रुपैया , इपिजिओटोमी सिजर  २ रुपैया, सिलिङ पङ्खा  ५० रुपैया, अल्ट्रासाउन्ड मेसिन  १ सय, मेशीन ट्रली  २५ रुपैया , नर्स डिउटी टेबुल धारासहित  १००, लेजर प्रिन्टर  २ सय, सामसुङ वासिङ मेशीन  १ सय, आल्मुनियम सिढी  ५० रुपैया, ग्याँस गिजर  १ सयलगायत २ सय ८२ वटा सामान कौडीको मूल्यमा बिक्री गरेको पाइएको छ । 

 


    १ क्विन्टलसम्म वजन रहेको फलामे बेड मात्र रु ४५ मा बिक्री गरिएको छ । जबकि बजारमा कबाडी खुद्रा मूल्यमा प्रतिकिलो फलाम रु २२ मा बिक्री हुँदै आएको छ । महँगो मूल्यका प्लास्टिक तथा इलेक्ट्रोनिक सामान कबाडी मूल्य लगाई बेचेको देखिन्छ ।

 


    चालू हालतमा रहेको र सामान्य मरम्मतपछि प्रयोग गर्न सकिने एक्सरे मेशिन पनि कौडीको मूल्यमा बेचिएको छ । ठेक्का गर्नु अघि अस्पतालले विभागबाट स्वीकृति लिंदा विभागमा रहेका परामर्शदाता लाइफलाइन बबरमहलका केबी पौडेलले मूल्याङ्कन गरेको र सो आधारमा सामान बिक्री भएको अस्पतालको भनाइ छ । 

 


    कर्मचारी स्रोतका अनुसार १ करोडभन्दा बढी मूल्यको सो सामान ठेकेदार कम्पनीलाई रु ८८ हजार ९ सय ७ मा बिक्री गरेको र सो सामान ३ ट्रक, ४ ट्याक्टरमा लोड गरी ठेकेदारले लगेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.