logo

कालीकामाई गाउँपालिकाको सात सभासदस्यद्वारा गाउँसभा बहिष्कार

      4/7/2018 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको

बीरगंज २४ चैत ।
गाउँपालिकाको प्रथम गाउँ सभा सम्पन्न नभई  दोस्रो गाउँ सभा गरेको भन्दै कालिकामाई गाउँपालिकाका ७ जना गाउँ सभा सदस्यहरुले बिरोध गरेका छन ।

 

उनीहरुले बिरोध स्वरुप दोश्रो भनिएको गाउँसभा बहिष्कार गरेका छन ।   एक वडा अध्यक्ष सहित ४ गाउँ कार्यपालिका सदस्य एवं २ वडा सदस्यहरुले चैत २१ र २२ गते बहुमतले गरिएको गाउँ सभा आफुहरुले बहिष्कार गरेको जनाएका छन ।

 

शनीवार बीरगंजको होटेल सम्झनामा  पत्रकार सम्मेलनको आयोजना गरी ७ जना गाउँ सभा सदस्यहरुले कालिकामाई गाउँपालिकाको प्रथम गाउँ सभा विना दोस्रो गाउँ सभा भएको दाबी गरेका छन ।

 
पर्साको १४ स्थानिय तहको सब भन्दा अन्तिममा २ दिन अगाडी मात्र सम्पन्न कालिकामाई गाउँपालिकाको गाउँ सभाबाट पारित आ.व. २०७४÷०७५ को बजेट, निति तथा कार्यक्रम आजै  सार्बजनिक गरिदैछ  । 


 पत्रकार सम्मेलनमा गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुरले प्रथम गाउं सभामा सहभागि हुन पाउनु पर्ने सुचना आफूहरुले दोश्रो गाउँसभाको सूचना पाउदा चकित भएको बताए ।

यस बारे गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा संग बुझनदा प्रथम गाउँ सभा भइसकेको उनले बताए पछि आफूहरु बिरोधमा उत्रिएको उनले बताए ।  

 प्रथम गाउँ सभा कहिले गरियो, कहां गरियो र के निर्णय गरियो आफूहरुलाई केही थाहा नभएको उनले बताए । कालीकामाई गाउँपालिकाको पहिलो गाउँसभाले  गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णय गरेको थाह पाएको उनको भनाई थियो । तर अबैधानिक तरिकाले गरिएको गाउँ सभा र निर्णय खारेज गरियोस हालको गाउँ सभालाई प्रथम गाउँ सभा भनियोस ठाकुरले भने हाम्रो माग यत्ति हो । 


स्थानिय तह संचालन एेन २०७४ को ४ को उप दफा ३ अनुसारको प्रक्रिया अपनाई कुनै बिशेष बैठक बोलाउनु पर्ने भएमा एनको दफा १९ को उपदफा ४ बमोजिम बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूची सहितको सुचना ७ दिन अगावै गाउँ सभाका सबै सदस्यहरुलाई पठाउनु पर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।

 

तर कालीकामाई गाउँपालिकामा यस्तो पक्रिया पुरा नगरिएको गोप्य रुपमा बहुमतको डण्डा चलाएर तथाकथित गाउँसभा गरिएकोमा आफूहरुको आपत्ती रहेको ठाकुरले बताए । 

 

गाउँपालिका नेतृत्वको यस्तो हर्कतबाट गाउँपालिकाका सबै निर्णय प्रक्रियामा सहभागि हुन पाउने आफूहरुको कानुनी अधिकार कुण्ठित भएको ठाकुरले बताए । अहिले भइरहेको गाउँसभालाई प्रथम गाउँ सभा मानिएमा आफूहरु सहभागी हुने समेत उनले बताए ।

 

वडा अध्यक्ष शिवनाथ राउत कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा  गाउँ सभा सदस्य रामेश्वर प्रसाद कलवार, जगदिश प्रसाद तेली, रामशिष प्रसाद यादव, शान्ति देबी पासवान र मिना देबी कुशवाहाको सहभागिता रहेको थियो ।

 

यता गाउँपालिकाका प्रवक्ता संजय पटेलले भने “सार्वजनीक खपत”कालागि बहिष्कारको कुरा गरिएको बताए । सबै बैठकमा उहाँहरुको सहभागिता रहेको दावी गर्दै पटेलले सेवा केन्द्र सार्ने गाउँसभाको निर्णय आफूहरुलाई थाहा छैन भन्ने कुरामा दम नरहेको प्रष्ट पारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.