logo

कालीकामाई गाउँपालिकाको सात सभासदस्यद्वारा गाउँसभा बहिष्कार

      4/7/2018 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

बीरगंज २४ चैत ।
गाउँपालिकाको प्रथम गाउँ सभा सम्पन्न नभई  दोस्रो गाउँ सभा गरेको भन्दै कालिकामाई गाउँपालिकाका ७ जना गाउँ सभा सदस्यहरुले बिरोध गरेका छन ।

 

उनीहरुले बिरोध स्वरुप दोश्रो भनिएको गाउँसभा बहिष्कार गरेका छन ।   एक वडा अध्यक्ष सहित ४ गाउँ कार्यपालिका सदस्य एवं २ वडा सदस्यहरुले चैत २१ र २२ गते बहुमतले गरिएको गाउँ सभा आफुहरुले बहिष्कार गरेको जनाएका छन ।

 

शनीवार बीरगंजको होटेल सम्झनामा  पत्रकार सम्मेलनको आयोजना गरी ७ जना गाउँ सभा सदस्यहरुले कालिकामाई गाउँपालिकाको प्रथम गाउँ सभा विना दोस्रो गाउँ सभा भएको दाबी गरेका छन ।

 
पर्साको १४ स्थानिय तहको सब भन्दा अन्तिममा २ दिन अगाडी मात्र सम्पन्न कालिकामाई गाउँपालिकाको गाउँ सभाबाट पारित आ.व. २०७४÷०७५ को बजेट, निति तथा कार्यक्रम आजै  सार्बजनिक गरिदैछ  । 


 पत्रकार सम्मेलनमा गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुरले प्रथम गाउं सभामा सहभागि हुन पाउनु पर्ने सुचना आफूहरुले दोश्रो गाउँसभाको सूचना पाउदा चकित भएको बताए ।

यस बारे गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा संग बुझनदा प्रथम गाउँ सभा भइसकेको उनले बताए पछि आफूहरु बिरोधमा उत्रिएको उनले बताए ।  

 प्रथम गाउँ सभा कहिले गरियो, कहां गरियो र के निर्णय गरियो आफूहरुलाई केही थाहा नभएको उनले बताए । कालीकामाई गाउँपालिकाको पहिलो गाउँसभाले  गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णय गरेको थाह पाएको उनको भनाई थियो । तर अबैधानिक तरिकाले गरिएको गाउँ सभा र निर्णय खारेज गरियोस हालको गाउँ सभालाई प्रथम गाउँ सभा भनियोस ठाकुरले भने हाम्रो माग यत्ति हो । 


स्थानिय तह संचालन एेन २०७४ को ४ को उप दफा ३ अनुसारको प्रक्रिया अपनाई कुनै बिशेष बैठक बोलाउनु पर्ने भएमा एनको दफा १९ को उपदफा ४ बमोजिम बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूची सहितको सुचना ७ दिन अगावै गाउँ सभाका सबै सदस्यहरुलाई पठाउनु पर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।

 

तर कालीकामाई गाउँपालिकामा यस्तो पक्रिया पुरा नगरिएको गोप्य रुपमा बहुमतको डण्डा चलाएर तथाकथित गाउँसभा गरिएकोमा आफूहरुको आपत्ती रहेको ठाकुरले बताए । 

 

गाउँपालिका नेतृत्वको यस्तो हर्कतबाट गाउँपालिकाका सबै निर्णय प्रक्रियामा सहभागि हुन पाउने आफूहरुको कानुनी अधिकार कुण्ठित भएको ठाकुरले बताए । अहिले भइरहेको गाउँसभालाई प्रथम गाउँ सभा मानिएमा आफूहरु सहभागी हुने समेत उनले बताए ।

 

वडा अध्यक्ष शिवनाथ राउत कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा  गाउँ सभा सदस्य रामेश्वर प्रसाद कलवार, जगदिश प्रसाद तेली, रामशिष प्रसाद यादव, शान्ति देबी पासवान र मिना देबी कुशवाहाको सहभागिता रहेको थियो ।

 

यता गाउँपालिकाका प्रवक्ता संजय पटेलले भने “सार्वजनीक खपत”कालागि बहिष्कारको कुरा गरिएको बताए । सबै बैठकमा उहाँहरुको सहभागिता रहेको दावी गर्दै पटेलले सेवा केन्द्र सार्ने गाउँसभाको निर्णय आफूहरुलाई थाहा छैन भन्ने कुरामा दम नरहेको प्रष्ट पारे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.