logo

देकुलीमा प्रहरीको छापामारी लाखौको चरेश र गाँजा बरामद

      4/7/2018 गते 00 00 मा प्रकाशित     653   पटक पढिएको

बीरगंज २४ चैत ।  
प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा एक घरमा छापामारी गरि भारी मात्रामा गाँजा र चरेश बरामद गरेको छ । 


जिल्ला प्रहरी कार्यालय पर्साको बरिष्ठ अधिकृतको कमाण्डामा खटिएको प्रहरीटोली बनीवार बिहान दिनेश दासको घरमा छापामारी गरेको हो ।

 

दासको घरबाट एक क्वीन्टल भन्दा बढी चरेश र २ क्वीन्टल भन्दा बढी गाँजा बरामद भएको छ । प्रहरीले कुनै ब्यक्तिलाई धरपकड भने गरेको छैन ।

 

प्रहरीले छापामारीको क्रममा दुई जना महिलालाई नियनत्रणमा लिएपनि पछि छोदिदिएको स्थानीयले बताए । घरमालिक दिनेश दास फेला नपरेको प्रहरीले जनाएको छ ।

 

उनको खोजी भइरहेको एक अधिकारीले जनाएका छन । छापामारीका क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि प्रहरीले थप टोली परिचालन गरेको थियो ।

 

देकुलीका स्थानीय महिलाहरुले अवरोध सृजना गर्न खाजेका थिए । प्रहरीले रंगपुर प्रहरी चौकी ,इलाका प्रहरी कार्यालय पटेर्वा, पोखरियाबाट थप जनशक्ति परिचालन गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाए ।

बरामद चरेश र गाँजाको बजार मूल्य ३० लाख पर्ने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.