logo

पर्साको मैनपुरमा रहेको बिद्यालयमा बिद्यार्थीले परिक्षा दिन पाएनन, रिजल्ट अनिश्चित

      4/7/2018 गते 00 00 मा प्रकाशित     867   पटक पढिएको


बीरगंज २४ चैत ।पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा तालाबन्दी भएका कारण बिद्यार्थीको परिक्षा रोकिएको छ ।

 

जिल्लामा अन्य बिद्यालयको परिक्षा सकिदा मैनपुरका बिद्यार्थीहरुको परिक्षा नै हुन सकेको छैन । बिद्यालयमा अनियमित तरिकाले बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको भन्दै  स्थानीयले तालाबन्दी गरेका छन ।

 

बिद्यालयमा चैत २० गते दुखनी देवीको नेतृत्वमा गएको महिलाहरुको टोलीले तालाबन्दी गरेको हो । तालाबन्दीका कारण परिक्षा हुन नसकेको बिद्यालयका प्रधानाध्याक राजकिशोर चौरसियाले बताए । उनका अनुसार सृजनात्मक चित्रकला बिषयको परिक्षा हुन सकेको छैन ।

 

तालाबन्दी भएका कारण परिक्षा नभएको हो । बिद्यार्थी परिक्षमा सहभागि नभएपछि रिजल्ट प्रकाशीत हुने अवस्था नरहेको उनको भनाई छ ।

 

नयाँ शैक्षीक सत्र शुरु हुनलाग्दा परिक्षा नसकिने र रिजल्टपनि नहुने भएपछि बिद्यार्थीहरु चिन्तामा परेका छन । बिद्यालयका प्रअ चौरसियाले कतै ब्यवस्थापन समिति नहुदा गठन गरिएकोमा पनि सुख नपाइएको बताए ।

 

उनले स्थानीयहरु ठिक नभएको ,भेला राख्यो भने हुलहुज्जत गर्ने भएकोले वार्ड अध्यक्ष मदन साह कानु र भद्रभलाद्मीको सल्लाहमा प्रदीप प्रसाद कुर्मीलाई अध्यक्ष बनाएको बताए ।

स्थानीयले भने दुई महिना अगाडि धारा साइकल बितरण गर्ने भन्दै संकलन गरिएको हस्ताक्षरलाई आधार बनाएर ब्यवस्थापन समिति बनाइएको आरोप लगाएका छन ।

 
स्थानीयले भने आफूहरुलाई ब्यवस्थापन समिति गठन भएको जानकारी नदिइनु नै अनियमितता हो भन्दै  बिरोधमा ताला बन्द गर्नु परेको दुःखनी देवीले बताइन  । 

 

प्राधानाध्यापक गाउँपालिकाका अध्यक्षको भान्जा भएकोले गाउँपालिका अध्यक्षको आडमा यस्तो भएको स्थानीयको आरोप छ ।

 

गाउँपालिकाले भने भोली २५ गते छलफलकालागि बोलाएको प्रअ चौरसियाले बताए  । गाउँपालिकाले बोलाएको छ मैले गाउँपालिकामै हाजीर गर्छु मलाई प्रधानाध्यापक पद पनि चाहिदैन सरुवा समेत मागेको छु प्रअ चौरसियाले भने पार्टी पोलटिक्सका कारण काम गर्न गा¥हो भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.