logo

पर्साको मैनपुरमा रहेको बिद्यालयमा बिद्यार्थीले परिक्षा दिन पाएनन, रिजल्ट अनिश्चित

      4/7/2018 गते 00 00 मा प्रकाशित     1039   पटक पढिएको


बीरगंज २४ चैत ।पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा तालाबन्दी भएका कारण बिद्यार्थीको परिक्षा रोकिएको छ ।

 

जिल्लामा अन्य बिद्यालयको परिक्षा सकिदा मैनपुरका बिद्यार्थीहरुको परिक्षा नै हुन सकेको छैन । बिद्यालयमा अनियमित तरिकाले बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको भन्दै  स्थानीयले तालाबन्दी गरेका छन ।

 

बिद्यालयमा चैत २० गते दुखनी देवीको नेतृत्वमा गएको महिलाहरुको टोलीले तालाबन्दी गरेको हो । तालाबन्दीका कारण परिक्षा हुन नसकेको बिद्यालयका प्रधानाध्याक राजकिशोर चौरसियाले बताए । उनका अनुसार सृजनात्मक चित्रकला बिषयको परिक्षा हुन सकेको छैन ।

 

तालाबन्दी भएका कारण परिक्षा नभएको हो । बिद्यार्थी परिक्षमा सहभागि नभएपछि रिजल्ट प्रकाशीत हुने अवस्था नरहेको उनको भनाई छ ।

 

नयाँ शैक्षीक सत्र शुरु हुनलाग्दा परिक्षा नसकिने र रिजल्टपनि नहुने भएपछि बिद्यार्थीहरु चिन्तामा परेका छन । बिद्यालयका प्रअ चौरसियाले कतै ब्यवस्थापन समिति नहुदा गठन गरिएकोमा पनि सुख नपाइएको बताए ।

 

उनले स्थानीयहरु ठिक नभएको ,भेला राख्यो भने हुलहुज्जत गर्ने भएकोले वार्ड अध्यक्ष मदन साह कानु र भद्रभलाद्मीको सल्लाहमा प्रदीप प्रसाद कुर्मीलाई अध्यक्ष बनाएको बताए ।

स्थानीयले भने दुई महिना अगाडि धारा साइकल बितरण गर्ने भन्दै संकलन गरिएको हस्ताक्षरलाई आधार बनाएर ब्यवस्थापन समिति बनाइएको आरोप लगाएका छन ।

 
स्थानीयले भने आफूहरुलाई ब्यवस्थापन समिति गठन भएको जानकारी नदिइनु नै अनियमितता हो भन्दै  बिरोधमा ताला बन्द गर्नु परेको दुःखनी देवीले बताइन  । 

 

प्राधानाध्यापक गाउँपालिकाका अध्यक्षको भान्जा भएकोले गाउँपालिका अध्यक्षको आडमा यस्तो भएको स्थानीयको आरोप छ ।

 

गाउँपालिकाले भने भोली २५ गते छलफलकालागि बोलाएको प्रअ चौरसियाले बताए  । गाउँपालिकाले बोलाएको छ मैले गाउँपालिकामै हाजीर गर्छु मलाई प्रधानाध्यापक पद पनि चाहिदैन सरुवा समेत मागेको छु प्रअ चौरसियाले भने पार्टी पोलटिक्सका कारण काम गर्न गा¥हो भयो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.