logo

लाल र महालक्ष्मी स्व अम्बिका सिंह शिक्षा पुरस्कारबाट पुरस्कृत

      4/11/2018 गते 00 00 मा प्रकाशित     855   पटक पढिएको

बीरगंज २८ चैत ।
स्व.अम्बिका सिंह शिक्षा पुरस्कारबाट सेवा नविृत शिक्षक अरुण कुमार लाल र महालक्ष्मी शर्मा पुरस्कृत भएका छन । नेपाल राष्ट्रीय शिक्षक संगठनको १२ जिल्ला अधिवेशनको उद्धघाटन समारोहमा उनीहरु पुरस्कृत भएका हुन ।

 

स्व अम्बिका सिंहको २०३७ सालमा निधन भएको थियो । नेपाल राष्ट्र्रीय बिद्यापीठ मावि श्रीपुरमा अध्यापनरत रहेको  बेला सिंहको निधन भएको हो । स्व.सिंहका जेष्ठ पुत्र अरविन्द कुमार सिंले परिवारका तर्फबाट  आमाको स्मृतिमा पुरस्कारको ब्यवस्था गरेको बताए ।

 

पुरस्कृत सेवा निवृत शिक्षक अरुण कुमार लाल ०३९ साल देखी अहिलेको पर्सागढी नगरपालिकाको बढनिहारमा रहेको बिद्यालयका प्रधानाध्यापक हुन ।

 

उनी सेवानिवृत हुदा सो बिद्यालय श्री आमोदेवी बहुमुखी क्याम्पस भएको छ । निरन्तर शिक्षाको बिकासमा प्रतिवद्ध रुपमा लागेका लाल पुरस्कृत भएकोमा पुरस्कारको ओज समेत थप बढेको छ ।

 

त्यसैगरि त्रिजुद्ध बिद्यालयमा लामो समय अध्यापनरत महालक्ष्मी शर्मा प्रगतीशिल आन्दोलनको महत्वपूर्ण हस्ती पनि हुन ।

 

दुबै जना नगद दश/दश हजार सम्मान पत्र र दोसल्ला सहित सम्मानीत तथा पुरस्कृत भएका हुन । 
संगठनका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापा, नेकपा एमालेका केन्द्रीय सदस्य रामचन्द्र साह ,सासदहरु डा.पुष्पा कर्ण  रेखा झा ,नेकपा एमालेका नेता चीरन्जीवी आचार्य नेकपा एमाले पर्साका संयोजक प्रभू हजरा ,नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थ राज यादव,शिक्षक फोरमका हरिन्द्र चौरसिया शिक्षक संगठनका पूर्व अध्यक्ष हरिहर यादव ,अच्छेलाल साह नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा श्री नेपाल राष्ट्रीय मावि सियरहीका प्रधानाध्यापक भागवत चौधरी ,श्री दीपनारायण आर्दश माविका शिवनाथ थारु सिद्धार्थ माविका पूर्व प्रधानाध्यापक जगन्नाथ तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 


कार्यक्रममा जिल्ला भरिबाट सेवानिवृत भएका प्रधानाध्यापकहरुलाई संगठनले सम्मान गरेको थियो ।कार्यक्रमको संचालन शिक्षक नेता बिनोद गिरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.