काठमाडौं २९ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन ।
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए । “देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले भने “यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षानिकाय सदैव तयार हुनु पर्दछ । ”
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए । “यो प्रत्यक्ष हमला भन्दापनि कारगार हुन्छ ” प्रधानमन्त्री ओलीले भने “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरु वीच असरदार समन्वय बनाउनु जरुरी छ ।”
प्रधानमन्त्री ओलीले लामो अस्थिरता पछि देश स्थायित्वतर्फ अग्रसर भएको बताए ।प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बता प्रष्ट पारे प्रधानमन्त्रीओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउदै आएकोमा प्रशंशा गरेका छन ।
नेपाली सैनिकहरुले विश्वकाद्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्रीओलीको भनाइ छ
तपाईको प्रतिक्रिया