logo

जंगली हात्तीको आक्रमणले पर्साको भाठा जंगलमा दुई जनाको मृत्यु

      4/14/2018 गते 00 00 मा प्रकाशित     1168   पटक पढिएको

कृष्णमोहन साह
सेढवा १ बैशाख । 
पर्सामा फेरि पनि जंगली हातिको आक्रमणमा परि एकजना युवकको मृत्यु भएको छ।


पर्साको पटेर्वा सुगौली गाउँ पालिका वार्डा नम्बर १ अन्तर्गत पर्ने पर्सा राष्ट्रीय निकुञ्ज भित्र रामभौरी भाठामा रहेको दुग्धेश्वर महादेवको मन्दीरमा लाग्ने मेला हेर्न गएका एक तिर्थ यात्री को मृत्यु भएको हो।


मृत्यु हुनेमा पर्साको ठोरी गाउँ पालिका वार्ड नम्बर ४ शान्ति नगरका मानबहादुर दोङका ३० वर्षका छोरा साग बहादुर दोङ रहेका छन ।

 

उनको शुक्रवार राती आठ बजेको समयमा शौच गएको बेलामा हात्तीले आक्रमण गरि मारेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिनु भयो   ।  सोही निकुञ्ज भित्र पर्ने दुग्धेश्वर महादेवको मन्दीरमा  आज शनिबार परेको बैशाख त्रियोदशीका दिन ठूलो मेला लाग्ने गर्दछ ।

 

यो घटनाको कारण   झनै जंगली जनावरको थप त्रास बढेको मेला समितिका अध्यक्ष विगा महतो थारुले बताउनु भयो । 


मृतक दोङ शुक्रवारै घरबाट मेला हेर्न निस्केको र राती उनलाइ हात्तीले आक्रमण गरी मारेको जिल्ला  प्रहरी कार्यालय पर्साले जनाएको छ । 


मृतक दोङको लास लाई पोस्टमार्टमको लागि  बिरगंजको नारायणी उप क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


बिहिवार पनि रामनगरीका एक जना युवक तीस वर्षका कमलेश गिरी को पनि मृत्यु भएको छ । सहनी बिगत चार वर्ष देखी रामभौरी भाठा मन्दीर भएको स्थानबाट ८ किलोमिटर उत्तर पश्चिम चारकोशे झाडीको घोडेमसान पहाडमा तपस्या गरिबसेका थिए । उनी मौनब्रतमा थिए ।

 

भाठामा रहेको निकुन्जको पोष्ट तिर आउ जाउ गर्ने क्रममा उनको जगंली हात्तीको आक्रमणका कारण मृत्यु भएको निकुन्जका संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भयो । निकुन्जका अनुसार एक हप्तादेखी समुहबाट छुट्टिएको भाले हात्ती निकुन्जको पोष्ट र नेपाली सेनाको ब्यारेक छेउछाउ देखा पर्दै आएको थियो ।

 

बैशाख त्रयोदशीको मेलाको तयारी गर्न ट्रयाक्टर लिएर गएकाहरुले हात्तीलाई धपाउन खोजेकोले हात्ती बिचिकिएको निकुन्ज प्रशासनले जनाएको छ । दुग्धेश्वर महादेवको मन्दीर रामभौरी भाठा राष्ट्रीय बन क्षेत्रबाट ७ किलोमिटर भित्र रहेको छ ।  हात्ती बिच्किएपछि हात्तीले आक्रमण गरेको अनुमान निकुन्ज प्रशासनको छ ।
गएको वर्ष पनि भाठा मेलामै हाती को आक्रमणमा परि निचुटा का एक जना तिर्थ   यात्रुको मृत्यु भएको थियोे

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.