logo

भासियो पुल

झन्डै ३ करोड रुपैयाँ लागतको पुल निर्माणको ठेक्का वीरगन्जको पप्पु कन्स्ट्रक्सनले पाएको थियो

      4/15/2018 गते 00 00 मा प्रकाशित     1685   पटक पढिएको



वैशाख ३, 
भूषण यादव
वीरगन्ज - पर्साको विन्दवासिनी गाउँपालिकाको गर्दौलस्थित नौरंगिया नदीमाथि निर्माण भएको पुल हस्तान्तरण नहुँदै भासिएको छ । झन्डै ३ करोड रुपैयाँ लागतको पुल निर्माणको ठेक्का वीरगन्जको पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

०६८ साउन २७ मा सडक विभागले निर्माण कम्पनीसँग सम्झौता गर्दा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । हस्तान्तरण नहुँदै पुलका दुवैपट्टिका एप्रोच स्लेब भासिएका छन् । सडकमा निर्माण गरिएका खम्बा पनि बांगिएका छन् ।


स्थानीयले पुलको गुणस्तरमाथि प्रश्न उठाउँदै विरोध गरेपछि हाललाई पुल हस्तान्तरण कार्य रोकिएको छ । जिल्ला समन्वय समितिमा पुल अनुगमन र निरीक्षणका लागि निवेदन दर्ता भएको छ । सडक विभागले समेत एप्रोच स्लेब, एप्रोच सडक मर्मतका ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ ।


वर्षांैदेखि पुलको सपना देखेका गर्दौल र परसौनीका बासिन्दा ठेकेदारको गुणस्तरहीन कार्यले निराश बनेका छन् । सामान्य वर्षामा पनि दुई गाउँबीच सम्पर्क टुट्ने गरेको थियो । गर्दौल निवासी ४७ वर्षीय नागेन्द्र यादव भन्छन्, ‘ठेकेदारले ठग्ने काम गरेका छन् । नत्र बन्दाबन्दै पुल कसरी भासिन्थ्यो ।’


परसौनीका अधिकांश बासिन्दाको खेत नदीपारि छ । ‘वर्षातको मौसममा खेतमा आउन सकिँदैन,’ परसौनीका दिल हुसैन गद्दीले भने, ‘खेतमा नआउँदा बालीको हेरचाह गर्न सकिन्न, बाली भगवान्भरोसा छाड्नुपर्छ ।’ सामान्य आवागमनसमेत प्रभावित हुने गरेको छ ।


‘सडक विभागले ठेक्का लगाएपछि खुसियाली छाएको थियो,’ गद्दीले विगत सम्झे, ‘ठेकेदारले ढिला काम गरे पनि एकदिन न एकदिन कसो पुल नबन्ला भन्ने लागेको थियो । तर, अहिले बन्दाबन्दै पुल भासिएपछि निराशा फैलिएको छ ।’ उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका हरिनारायण रौनियारका छोरा सुमित रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक हुन् ।


गत साता अनुगमनमा गएका जिल्ला समन्वय समिति अध्यक्ष नेक महम्मद अन्सारीले पुलको दुवै स्लेब भासिएको फेला परेको जनाए । ‘स्थानीयको लिखित उजुरीका आधारमा स्थलगत अनुगमनमा गएका थियौँ,’ उनले भने, ‘हस्तान्तरण नहुँदै पुल भासिनु गम्भीर विषय हो ।’


सरोकारवाला निकायलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको उनले बताए । सडक विभागका इन्जिनियर आशुतोष कर्णका अनुसार २ करोड ९८ लाख रुपैयाँमा ठेक्का सकार गरेको पप्पु कन्स्ट्रक्सनले ठेक्का अवधि सकिएको ४ वर्ष बितिसक्दा पनि पुल निर्माण गरी बुझबुझारथ गर्न नसकेको हो ।


पछिल्लो समय पुलमा प्राविधिक समस्या देखिएपछि मर्मतसम्भारका लागि पत्राचार गरिएको उनले जनाए । ‘समयमै निर्माण गर्नका लागि ३ पटक पत्र लेख्यौँ,’ इन्जिनियर कर्णले भने, ‘सडक विभागलाई ठेकेदारले टेर्दैनन् ।’


पुल निर्माण कार्य सम्पन्न भई बुझबुझारथ गर्न गत वर्ष नै ठेकेदारले सडक विभागमा पहल गरेको थियो । ‘पुल निर्माण सम्पन्न भएपछि स्थानीयमा खुसियालीलगायतका समाचार पनि सम्प्रेषण गराएको थियो,’ एक इन्जिनियरले भने, ‘अनुगमनमा जाँदा पुलमा त्रुटि भेटियो ।’ विभागको पत्राचारपछि ठेकेदारले एप्रोच सडक र स्लेब मर्मत गरे पनि त्यो चित्तबुझ्दो छैन । ‘पुलमाथि प्लास्टरले टालिएको छ,’ इन्जिनियर कर्णले भने, ‘तर, पुलको तल अझै भ्वाङ छ ।

मर्मतसम्भार पनि प्राविधिक रूपले चित्तबुझ्दो छैन ।’ सडक विभागका अनुसार ठेक्काका क्रममा उक्त पुल तीन स्पेन (खण्ड) मा निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । पछि भेरियसन गरी २ स्पेनको पुल र एक स्पेन बराबर एप्रोच सडक निर्माण गर्ने सहमति भएको थियो ।

संभार ःकान्तिपुर डेली डटकम

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.