वीरगंज ३ बैशाख ।
प्रेस चौतारी नेपाल प्रदेश नं . २ को बैठक सोमवार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
बैठकलेका आगमी २२ गते हुने प्रदेश सभाको निर्वाचनको लागि महेश दासको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको छ ।
प्रदेशका संयोजक लालबाबु शेखको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको परिणाम चौतारीको पक्षमा पार्नको लागि सवै पक्षसंग संवाद गर्न दासकै नतृत्वमा के.सी. लामिछाने रगोपाल बराल रहेको वार्ता समिति गठन गरेको छ ।
बैठकले लालबाबु शेखको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा ८ वटै जिल्लाका प्रेस चौतारीका अध्यक्षहरु ,चौतारीबाट महासंघमा जितेको अध्यक्षहरु र प्रेस चौतारीका केन्द्रीय सदस्यहरु रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बैठकमा नेकपा एमालेका केन्द्रीय प्रचार बिभाग सदस्य अरबिन्द सिंह, रौतहटका प्रचार बिभाग प्रमुख बिपिन गौतम , लगायतको सहभागिता रहेको थियो ।
बैठकमा ८ वटै जिल्लाको तर्फबाट प्रेस चौतारीका अध्यक्षहरुले जिल्लागत अवस्थाको रिपोटिङ्ग गरेका थिए ।
तपाईको प्रतिक्रिया