बीरगंज ६ चैत ।
बीरगंज महानगरपालिका कार्यालय र बीरगंजमा रहेको नारायणी यतायता ब्यवस्था कार्यालय परिसरमा शंकास्पद बस्तु फेला परेको छ ।
कार्यालय परिसरमा रातो कपडाले बेरेर एउटा डल्लो जस्तो बस्तु फेला परेपछि कर्मचारीहरुलाई कार्यालय बाहिर निकालिएको छ ।
बीरगंज महानगरको प्रमुख बिजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भ¥याग छेउमा त्यो बस्तु फेला परेको महानगरका प्रेस संयोजक अनिल तिवारीले बताए ।
शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ । शंकास्पद बस्तु निष्क्रिय गर्नकोलागि बीरगंजमा रहेको नेपाली सेनाको प्राविधिक टोली परिचालन भएको छ ।
वीरगंज महानगरपालिका कार्यालयमा फेला परेको शंकास्पद बस्तु नेपाल आर्मीको बम डिस्पोजल टोलिले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र वीरगंज महानगरपालिकाको नगर प्रहरीको सहयोगले निस्क्रिय गरेको छ । उक्त शंकास्पद बस्तु टिफिन बम रहेको नेपाल आर्मीले जनाएको छ ।
तपाईको प्रतिक्रिया