logo

सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम'

      4/19/2018 गते 00 00 मा प्रकाशित     3190   पटक पढिएको

 

दिनेश खड्का/

 महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहीन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको उल्लेख छ।

पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि २०७४ साउन २९ मा आएको बाढीले पुलमा क्षति पुर्‍याएकाले निर्माण व्यवसायीलार्इ उक्त क्षतिको समाधान गरी यथाशीघ्र कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि काम सुरु गरेको छैन। जसका कारण पुल अलपत्र अवस्थामा रहेको छ।


समयमै आयोजनाको काम नसकिने भएपछि पूर्व निर्धारित क्षतिपूर्ति लिनेगरि २०७३ कार्तिकसम्म म्याद थप भए पनि असुल गर्नुपर्ने १ करोड ६६ लाख ८० हजार  रुपैयाँ क्षतिपूर्ति असुल नगरिएको पाइएको छ।

त्यसै गरी महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुर्खेतको भेरी नदी पुल लामो समयसम्म पनि निर्माण सुरु नभएको उल्लेख गरेको छ। यो पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ।

२२.५६ प्रतिशत खर्च भएको भए पनि निर्माण कार्यको कुनै प्रगति देखिएको छैन। यो वर्ष कुनै काम हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२०६९ सालमा सम्झौता भएर निर्माण कार्य प्रारम्भ गरी २०७२ साल पुसमा निर्माण कार्य सक्ने लक्ष्य भए पनि अझै निर्माण कार्य थालिएको छैन।

त्यसै गरी सिरहाको गिदेरी खोला पुल सम्झौता भएको तीन वर्षमा बल्ल करिब १४ प्रतिशत मात्रै काम भएको। ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ। सडक विभागको अनुसार करिब छ किमी सडक पुल आयोजनाको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ। पप्पु कन्स्ट्रक्सनका जिम्मा पाएर निर्माण थालेका अधिकांशमा पुलमा समस्याहरू हुने गरेका छन्। अधिकांश पुल आयोजनामा अर्को कम्पनीसँग मिलेर जोइन्ट भेन्चर बनाएर काम गर्ने गरेको छ। जोइन्ट भेन्चरमा काम गरे पनि दुबै कम्पनीको जिम्मेवारी बराबर हुने गर्छ।

समयमा काम नसक्ने तथा गुणस्तरीयता कायम गर्न नसक्ने ठेकेदार कम्पनीका रूपमा आलोचित बन्दै आएको छ पप्पु कनस्ट्रक्सन। सडक विभागका अधिकारीहरू नै उक्त कम्पनीको कामप्रति असन्तुष्ट छन्। तर कालोसूचीमा राख्ने र कारबाही गर्ने आँट कसैले गर्न सकेका छैनन्। पप्पु कन्सट्रक्सन सांसद हरिनारायण रौनियारको हो। सभार - पहिलोपोष्ट

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.