logo

 पूर्व डिआईजी गोविन्द निरौला पक्राउ २१ जना खोजी सूचीमा

      4/22/2018 गते 00 00 मा प्रकाशित     1161   पटक पढिएको

काठमाडौं ९ बैशाख। प्रहरीले आफनै संगठनका पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उनलाई  साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीले आइतवार   पक्राउ गरेको हो।


३३ किलो सुन गायव प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई  गरेको प्रहरीले बतायो । उनलार्इ महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको स्रोतले बताएको छ ।

निरौला गत २९ चैतमा डिआइजीबाट सेवानविृत भएका थिए । 

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए ।

गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया सनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।


सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन् । त्यसमध्ये १७ जनालार्इ जिल्ला प्रहरी कार्यालय, मोरङमा राखिएको छ ।

मोरङ प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूमा “चाचाजी” भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन छन् ।

त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् ।

उनीहरूलार्इ जिल्ला अदालत मोरङबाट ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको ।

घटनामा संलग्न २१ जना फरार छन् । प्रहरीले उनीहरुको पनि खोजतलाश गरिरहेको छ। प्रहरीले उनीहरूसहित ३८ जनाको सम्पत्ति रोक्का गरेको छ ।

यसअघि सोही प्रकरणमा जोडिएका एक अभियुक्तले महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमै आत्महत्या गरेका थिए । बर्दियाको राजापुर नगरपालिका–७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् ।

उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.