logo

सेक्टर बन कार्यालयमा आगलागी घटनाबारे अनुसन्धान आवश्यक

      4/22/2018 गते 00 00 मा प्रकाशित     895   पटक पढिएको

कृष्ण मोहन साह
सेढवा १० बैशाख
पर्साको जिराभवानी गाउँ पालिकामा गएराती आगलागी भएको छ।जिराभवानी गाउँ पालिका वार्ड नम्बर दुई अन्तर्गत रहेको सेक्टर बन कार्यालय बसन्तपुरमा गएराती ११ बजे आगलागी भएको हो।

 


आगलागी बाट  बन कार्यालयमा रहेको काठबाट निर्मित स्टोर  गार्ड बस्ने कोठामा  आगलागी भएको हो। स्टोरमा  रहेको अन्न पात लता कपडा साइकल २२ थान प्लास्टिक को कुर्सी १६ थान चिरान काठ ११ थान खाट ६ थान र भाडाकुडा  पुर्ण रुपले जलेर नस्ट भएको प्रहरीले जनाएको छ।

 


पोखरियाबाट गएको बारुणयन्त्र स्थानीयबासी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयगमा दुइ घण्टा पछि आगो नियन्त्रणमा लिन सकिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक बिमल कुमार शाहिले जानकारी दिए ।

 

आगलागीको कारण खुल्न नसकेको र आगोको प्रकृति हेर्दा आगो चौतर्फी रुपले लागेकोले कसैले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने भएकोले अनुसन्धान भैरहेको सेक्टर बन कार्यालय बसन्त पुरका सहायक बन अधकृत गनिलाल साहले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.