धनुषा-
प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
कुल विनियोजनमध्ये चालुतर्फ ५७ करोड ८० लाख ३१ हजार रुपैयाँ अर्थात् ५६ दशमलब ६४ प्रतिशत र पुँजीगततर्फ ४४ करोड २४ लाख ६८ हजार रुपैयाँ अर्थात् ४३ दशमलव ३६ प्रतिशत छ।
प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पुँजीको परिचालन, रोजगारी सिर्जना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ।
चालु आर्थिक वर्षको बजेटमा सुशासन, नीतिगत, कानुनी र संरचनागत पूर्वाधार निर्माण, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, समाजिक सुरक्षा, संघ र स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारीको संस्कृति विकास, सार्वजनिक खर्चमा वित्तीय अनुशासन र पारदर्शिता, वातावरणीय स्वच्छता अभिवृद्धि प्रदेशको ऐतिहासिकताको संरक्षण र प्रवर्द्धन, प्रकोप व्यवस्थापन, महिला सशक्तीकरण र क्षमता विकास तथा प्रदेश प्रोफाइल निर्माणलाई प्राथमिकतामा राखिएको छ।
प्रस्तुत बजेटमा 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रम अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि एक करोड ५० लाख रुपैयाँ, 'किसानको हितः सरकारको जित' कार्यक्रम अन्तर्गत कृषि क्षेत्रका विकासका लागि नौ करोड, राहत तथा पुनः स्थापना अन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित पीडितको तत्काल उद्धार, राहत र उपचारका लागि प्राकृतिक विपद् व्यवस्थापन कोष स्थापनाका लागि रु दुई करोड, मुख्यमन्त्री राहत तथा पुनः स्थापना कोषका लागि रु पाँच करोड, जंगली जनावरको आक्रमणबाट हताहत भएका नागरिकका परिवारजनको राहत तथा पुनः स्थापनाका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
यस्तै, मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानका लागि ८० लाख, संसद् विकास कोषअन्तर्गत प्रत्येक सांसदलाई १०/१० लाखका दरले १० करोड ७० लाख रुपैयाँ तथा दुई वा दुईभन्दा स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति र मर्मतसम्भारका लागि चार करोड ८० लाख रकम विनियोजन गरिएको छ।
प्रस्तुत बजेटमा नयाँ कर लगाइएको छैन भने सरकारले उपलब्ध गराएको बजेटकै आधारमा बजेट बनाइएकाले यथार्थपरक रहेको बताइएको छ।
मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यको टेबुल समेत गरिएको छ। अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। (रासस)




वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।


आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

तपाईको प्रतिक्रिया