logo

बीरगंजको सुरक्षाकोलागि सेफर बीरगंजलाई पन्ध्र लाख हस्तान्तरण

      5/15/2018 गते 00 00 मा प्रकाशित     916   पटक पढिएको

वीरगञ्ज, १ जेष्ठ ।
वीरगञ्ज महानगरपालिका कार्यालयले सेफर वीरगञ्जलाई सहयोग वापत एक समारोहका बीच १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

 

वीरगञ्ज महानगपालिका कार्यालयमा आयोजित एक कार्यक्रम बीच नगर प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

 


वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, पर्सा, बैंक तथा वित्तीय संस्था, नागरिक समाज समेतको सहभागितामा सञ्चालित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई शान्त, सुन्दर, सफा र सुरक्षित तुल्याउने उद्देश्यले नगर क्षेत्रमा सिसि क्यामेराको जडान तथा मर्मत सम्भार गर्दै आएको छ ।

 


मेयर सरावगीले सरसफाई र सुरक्षा नगरवासीको प्राथमिकता भएकोले वीरगञ्ज महानगरपालिकाको सुरक्षा र सरसफाइलाई सुदृढ बनाउन नगरलाई सुरक्षित गर्ने उद्देश्यले सुरु गरिएको अभियानबाट नगर सुरक्षित र शान्त हुने र अपराध पनि घट्ने बताए  । 


वीउवासङ्घका अध्यक्ष शर्माले प्राप्त सहयोगले सेफर वीरगञ्जद्वारा थालनी गरिएको काम कारवाहीमा ठूलो सहयोग पुग्ने बताउदै  उक्त अवसरमा सेफर वीरगञ्जलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सबैसँग निरन्तर सहयोगको लागि अपिल गरे । 


कार्यक्रममा वीउवासङ्घका महासचिव सुनिलकुमार खेतान, वीउवासङ्घका कार्यकारी सचिव सुनिलकुमार कण्ठलगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.