logo

बीरगंजको सुरक्षाकोलागि सेफर बीरगंजलाई पन्ध्र लाख हस्तान्तरण

      5/15/2018 गते 00 00 मा प्रकाशित     864   पटक पढिएको

वीरगञ्ज, १ जेष्ठ ।
वीरगञ्ज महानगरपालिका कार्यालयले सेफर वीरगञ्जलाई सहयोग वापत एक समारोहका बीच १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

 

वीरगञ्ज महानगपालिका कार्यालयमा आयोजित एक कार्यक्रम बीच नगर प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

 


वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, पर्सा, बैंक तथा वित्तीय संस्था, नागरिक समाज समेतको सहभागितामा सञ्चालित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई शान्त, सुन्दर, सफा र सुरक्षित तुल्याउने उद्देश्यले नगर क्षेत्रमा सिसि क्यामेराको जडान तथा मर्मत सम्भार गर्दै आएको छ ।

 


मेयर सरावगीले सरसफाई र सुरक्षा नगरवासीको प्राथमिकता भएकोले वीरगञ्ज महानगरपालिकाको सुरक्षा र सरसफाइलाई सुदृढ बनाउन नगरलाई सुरक्षित गर्ने उद्देश्यले सुरु गरिएको अभियानबाट नगर सुरक्षित र शान्त हुने र अपराध पनि घट्ने बताए  । 


वीउवासङ्घका अध्यक्ष शर्माले प्राप्त सहयोगले सेफर वीरगञ्जद्वारा थालनी गरिएको काम कारवाहीमा ठूलो सहयोग पुग्ने बताउदै  उक्त अवसरमा सेफर वीरगञ्जलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सबैसँग निरन्तर सहयोगको लागि अपिल गरे । 


कार्यक्रममा वीउवासङ्घका महासचिव सुनिलकुमार खेतान, वीउवासङ्घका कार्यकारी सचिव सुनिलकुमार कण्ठलगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.