बीरगंज २ जेठ ।
बीरगंज महानगरका प्रमुख बिजय सरावगीले महानगरको विकास निर्माणका कार्यहरु तीव्रता साथ् अगाडी बढीरहेको बताएका छन ।
बगही जनता मेयर आमने सामने कार्यक्रम उनले यस्तो बताएका हुन ।उनले शिक्षा र स्वास्थ्यका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट ल्याउने घोषणा गरे । मेयर सरावगीले छोरीलाई विद्यालय पठाए दुई घर सखी हुने दावी गरे ।
त्यसैगरी मेयर सरावगीले बगहीको बेरोजगारीको समस्यालाई समाधान गर्न छिट्टै बगहीमा एउटा बायो ग्यास प्लान्ट स्थापन गरि त्यहाँको युवाहरुलाई रोजगारी दिने बताए । बौगी खोला नजिक रहेको ऐलानी जग्गामा मनोरन्जन पार्क बनाउने घोषणा गरे ।
बगहीको बर्थिंग सेन्टरमा राखिएको एक्सरे एक महिना भित्र संचालन गरिने प्रतिवद्धता मेयरले ब्यक्त गरे ।
कार्यक्रममा वीरगंज महानगरपालिकाले बर्थिंग सेन्टरको लागि उपलब्ध गराएको एम्बुलेन्सको साँचो वडा अध्यक्ष गिर्जा देवी कुर्मीलाई हस्तान्तरण गरे ।
वडा नं . २८ को वडा अध्यक्ष गिर्जा देवी कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल पर्साका प्रबक्ता राम नरेश यादव, नगर प्रमुखका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, फोरम नेपालका स्थानीय नेता जयनारायण सिंह कुर्मी, वरिष्ठ अधिकृति सुमन श्रेष्ठ, कार्यपालिका सदस्य शुसिल साह कानु, युवा नेता नासिर खान, संघीय प्रेस फोरम पर्साका सल्लहाकार धु्रब साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ फोरम नेपालका युवा नेता तब्रेज अहमदले संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया