logo

इन्द्रेणी एफएमको प्रशारण अवरुद्ध असुविधा हुन पुगेकोमा अध्यक्षद्वारा क्षमा याचना

      5/18/2018 गते 00 00 मा प्रकाशित     894   पटक पढिएको

बीरगंज ४ जेठ । 
बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको प्रशारण अवरुद्ध भएको छ ।

 

 बिहिवार बेलुका करिब साढे सात बजे ईन्द्रेणी एफ एमको स्टुडियोमा अचानक भएको आगलागीले गर्दा प्रशारण अवरुद्ध हुन पुगेको स्टेशनका अध्यक्ष बिनोद रौनीयारले बताएका छन । एफएमका अध्यक्ष रौनीयारले शुक्रवार एक बिज्ञप्ति जारी प्रशारण अवरुद्ध भएको जनाएका हुन ।

 

उनले बिज्ञप्ति जारी गर्दै भनेका आफूहरु मर्माहत भएको जनाएका छन । संचारमाध्यमले विभिन्न प्रकारको सुचना, समाचार साथै अन्य सामाग्री जनमानसमा प्रवाह गर्नुपर्ने दायित्व निर्वाह गरिरहेका बेला नियतीको बज्रपात एफ एममा आइपर्दा लाखौँ मुल्य बराबरको भौतिक सामाग्री जलेर नष्ट भएको उनले जारी गरेको बिज्ञप्तिामा उल्लेख छ  ।

 

अति आवश्यकीय सामाग्री नष्ट भएपछि एफ एम प्रसारण गएराति देखि नै बन्द रहेको छ । हिजो बेलुका साढे सात बजे  बजेबाट सुरु भएको आगलागि एफ एम कर्मचारी, वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा राति सवा दश  बजे नियन्त्रणमा आएको थियो । आगलागि विधुत सर्ट भएर भएको हो । 

 


आगलागिबाट अनुमानित  बीस लाख रुपैँया बराबरको क्षती हुनपुगेको छ । मिक्सचर, कन्सुल, क्म्पयुटर ३ थान, माइक्रोफोन ३ थान, सानो मिक्सचर, साउण्डप्रुफ सामाग्री, अन्य विधुतिय सामाग्री जलेर नष्ट भएको बिज्ञप्तिमा उल्लेख छ  । 
साथै प्रसारण बन्द हुँदा श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायतय अन्यमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौ । रौनीयारद्वारा बिज्ञप्तिमा भनिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.