logo

इन्द्रेणी एफएमको प्रशारण अवरुद्ध असुविधा हुन पुगेकोमा अध्यक्षद्वारा क्षमा याचना

      5/18/2018 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

बीरगंज ४ जेठ । 
बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको प्रशारण अवरुद्ध भएको छ ।

 

 बिहिवार बेलुका करिब साढे सात बजे ईन्द्रेणी एफ एमको स्टुडियोमा अचानक भएको आगलागीले गर्दा प्रशारण अवरुद्ध हुन पुगेको स्टेशनका अध्यक्ष बिनोद रौनीयारले बताएका छन । एफएमका अध्यक्ष रौनीयारले शुक्रवार एक बिज्ञप्ति जारी प्रशारण अवरुद्ध भएको जनाएका हुन ।

 

उनले बिज्ञप्ति जारी गर्दै भनेका आफूहरु मर्माहत भएको जनाएका छन । संचारमाध्यमले विभिन्न प्रकारको सुचना, समाचार साथै अन्य सामाग्री जनमानसमा प्रवाह गर्नुपर्ने दायित्व निर्वाह गरिरहेका बेला नियतीको बज्रपात एफ एममा आइपर्दा लाखौँ मुल्य बराबरको भौतिक सामाग्री जलेर नष्ट भएको उनले जारी गरेको बिज्ञप्तिामा उल्लेख छ  ।

 

अति आवश्यकीय सामाग्री नष्ट भएपछि एफ एम प्रसारण गएराति देखि नै बन्द रहेको छ । हिजो बेलुका साढे सात बजे  बजेबाट सुरु भएको आगलागि एफ एम कर्मचारी, वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा राति सवा दश  बजे नियन्त्रणमा आएको थियो । आगलागि विधुत सर्ट भएर भएको हो । 

 


आगलागिबाट अनुमानित  बीस लाख रुपैँया बराबरको क्षती हुनपुगेको छ । मिक्सचर, कन्सुल, क्म्पयुटर ३ थान, माइक्रोफोन ३ थान, सानो मिक्सचर, साउण्डप्रुफ सामाग्री, अन्य विधुतिय सामाग्री जलेर नष्ट भएको बिज्ञप्तिमा उल्लेख छ  । 
साथै प्रसारण बन्द हुँदा श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायतय अन्यमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौ । रौनीयारद्वारा बिज्ञप्तिमा भनिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.