logo

दुईवर्षदेखी बिभागको निर्देशक हुदा सिण्डीकेट याद आएन ःमंत्री महासेठ

      5/19/2018 गते 00 00 मा प्रकाशित     969   पटक पढिएको

जनकपुरधाम ५ जेठ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जेठ १५ गते आउने बजेट भाषणमा मधेशका लागि विशेष बजेट छुट्टयाउने दावी गरेका छन् । 


जनकपुरधाममा शनिवार नेपाल पत्रकार महासंघको प्रदेश नम्बर २ को नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री महासेठले वर्तमान सरकारले तराई–मधेशलाई समेटेर विशेष शीर्षकमा विशेष बजेट ल्याउने तयारीमा रहेको बताए ।

 

मधेशको विकासप्रति वर्तमान सरकारको निक्कै चासो रहेको उनले भनेका छन् । मन्त्री महासेठले केही दलका नेताहरुले वर्तमान सरकार मधेशप्रति पूर्वाग्राही रहेको झुठो अफवाह फैलाई रहेको चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित बजेट ल्याउने स्पष्ट पारे । ‘यो सरकार पाँच वर्षमा जनकपुर मात्र होइन, मधेशकै स्वरुप फेर्नमा सफल हुनेछ उनले भने मधेशको विकासप्रति वर्तमान सरकार चिन्तित रहेकोले नै  मधेशमा विशेष बजेट आउने छ ।

 

 उनले मधेशका जिल्लाहरुमा कलकारखाना सञ्चालनका लागि राज्यसंग समन्वय गर्ने बताएका छन् । मन्त्री महासेठले एमाले माओवादी पार्टी एकताको उद्देश्य नै देशको विकास गर्नु रहेको भन्दै पाँच वर्ष भित्रमा मुलुकको चौतर्फी विकास हुने विश्वास समेत दिलाएका छन् । 


उनले भने ‘पार्टी एकता गराउनमा मुख्य भूमिका  सञ्चारकर्मीहरुको  पनि रहेको बताए । बेलाबेलामा उनीहरुले नघचघचाएको भए एकताकोलागि अझै समय लाग्ने थियो कि ? उनले सरकारले राम्रो कार्य गर्यो भने पत्रकारहरुले प्रशंसा गर्नुपर्दछ, नराम्रो कार्य गर्यो भने आलोचना पनि गर्नुपर्दछ भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा जनकपुर भ्रमण सफल रहेको पनि दावी गरेका छन् । 


फरक प्रसंगमा कुरा गर्दै मंत्री महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका डिजीलाई काम विशेषले मन्त्रालयमा बोलाइएको बताए ।


सिन्डिकेट तोड्ने यातायात विभागका निर्देशकलाई यातायात मन्त्री महासेठले मन्त्रालयमा तानेको भन्दै उनको आलोचना भइरहेको बेलामा मंत्री महासेठले पछिल्लो समय मिडियामा आइरहेकोे समाचार गलत रहेको दावी गरे । ‘नेपाल सरकारले आवश्यकता अनुसार आफ्ना कर्मचारीको सरुवा बढुवा गरीरहन्छ,मन्त्री महासेठले भने, ‘यही आवश्यकता बमोजीम विभागका डिजीलाई पनि मन्त्रालयममा तानिएको हो । 
अब यसलाई कसैले कसरी व्याख्या गरीरहेको छ,त्यो मेरो टाउँको दुखाइको विषय होइन मंत्री महासेठले भने कर्मचारीले गरेर मात्रै  सिन्डिकेट तोडिएको भन्ने कुरामा सहमत हुन सकिदैन  ।

‘मैले त ३ चैतदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा पदभार ग्रहण गरेको हुु । दुई वर्षदेखी बिभागका निर्देशक भएकालाई  सिन्डिकेटको कुरा याद आएन, त्यो अवधिमा सिण्डीकेट तोडन किन सकिएन उनले प्रतिप्रश्न गरे  । सरकारको नीति कार्यान्वयन भएको छ त्यसैले सिण्डीकेट तोडियो यो सरकारको सफलता हो उनले भने ।  


पदभार ग्रहण गरेको १५ दिनपछि सिन्डिकेटको विरोधमा आफ्ना नीतिहरु घोषणा गरेको मन्त्री महासेठले जनाएं । उनका अनुसार यदि कर्मचारीहरुको सुरुदेखि नै सहयोग भइदिएको भए देशमा क्यान्सरको रुपमा जकडिएको सिन्डिकेट उहिले नै अन्त्य हुन्थ्यो । यातायात व्यवसायीको सिन्डिकेट तोड्नमा सबैभन्दा बढी मिडियाले नै सहयोग गरेको उनको भनाई छ ।


  निर्वाचन समितिका सदस्य एवं वरिष्ठ पत्रकार बीएम खनालको अध्यक्षतामा भएको प्रमाण पत्र वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रिय कोशाध्यक्ष राजेश मिश्रले प्रदेश समिती सामु निक्कै चुनौती रहेतापनी अवसर पनि त्यतिकै रहेको बताए । उनले केन्द्र र जिल्लाको सेतुको रुपमा समन्वय गरि कार्य गर्न प्रदेश समितिलाई शुभकामना दिए ।


प्रादेशिक अध्यक्ष दिपेन्द्र चौहानले सबै जिल्ला शाखा, केन्द्रिय समितीसङ्गको समन्वय तथा पत्रकारको हितमा काम गर्ने बताए । उनले श्रमजिवी पत्रकारको हकहितमा र दक्षता अभिवृद्धि र सुरक्षाको लागि सदैब सक्रियता पुर्वक प्रतिबद्ध भई कार्य गर्ने बताए । महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र,महिला उपाध्यक्ष मनिका झा, वीरेन्द्र रमण लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.