logo

दुईवर्षदेखी बिभागको निर्देशक हुदा सिण्डीकेट याद आएन ःमंत्री महासेठ

      5/19/2018 गते 00 00 मा प्रकाशित     1072   पटक पढिएको

जनकपुरधाम ५ जेठ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जेठ १५ गते आउने बजेट भाषणमा मधेशका लागि विशेष बजेट छुट्टयाउने दावी गरेका छन् । 


जनकपुरधाममा शनिवार नेपाल पत्रकार महासंघको प्रदेश नम्बर २ को नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री महासेठले वर्तमान सरकारले तराई–मधेशलाई समेटेर विशेष शीर्षकमा विशेष बजेट ल्याउने तयारीमा रहेको बताए ।

 

मधेशको विकासप्रति वर्तमान सरकारको निक्कै चासो रहेको उनले भनेका छन् । मन्त्री महासेठले केही दलका नेताहरुले वर्तमान सरकार मधेशप्रति पूर्वाग्राही रहेको झुठो अफवाह फैलाई रहेको चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित बजेट ल्याउने स्पष्ट पारे । ‘यो सरकार पाँच वर्षमा जनकपुर मात्र होइन, मधेशकै स्वरुप फेर्नमा सफल हुनेछ उनले भने मधेशको विकासप्रति वर्तमान सरकार चिन्तित रहेकोले नै  मधेशमा विशेष बजेट आउने छ ।

 

 उनले मधेशका जिल्लाहरुमा कलकारखाना सञ्चालनका लागि राज्यसंग समन्वय गर्ने बताएका छन् । मन्त्री महासेठले एमाले माओवादी पार्टी एकताको उद्देश्य नै देशको विकास गर्नु रहेको भन्दै पाँच वर्ष भित्रमा मुलुकको चौतर्फी विकास हुने विश्वास समेत दिलाएका छन् । 


उनले भने ‘पार्टी एकता गराउनमा मुख्य भूमिका  सञ्चारकर्मीहरुको  पनि रहेको बताए । बेलाबेलामा उनीहरुले नघचघचाएको भए एकताकोलागि अझै समय लाग्ने थियो कि ? उनले सरकारले राम्रो कार्य गर्यो भने पत्रकारहरुले प्रशंसा गर्नुपर्दछ, नराम्रो कार्य गर्यो भने आलोचना पनि गर्नुपर्दछ भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा जनकपुर भ्रमण सफल रहेको पनि दावी गरेका छन् । 


फरक प्रसंगमा कुरा गर्दै मंत्री महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका डिजीलाई काम विशेषले मन्त्रालयमा बोलाइएको बताए ।


सिन्डिकेट तोड्ने यातायात विभागका निर्देशकलाई यातायात मन्त्री महासेठले मन्त्रालयमा तानेको भन्दै उनको आलोचना भइरहेको बेलामा मंत्री महासेठले पछिल्लो समय मिडियामा आइरहेकोे समाचार गलत रहेको दावी गरे । ‘नेपाल सरकारले आवश्यकता अनुसार आफ्ना कर्मचारीको सरुवा बढुवा गरीरहन्छ,मन्त्री महासेठले भने, ‘यही आवश्यकता बमोजीम विभागका डिजीलाई पनि मन्त्रालयममा तानिएको हो । 
अब यसलाई कसैले कसरी व्याख्या गरीरहेको छ,त्यो मेरो टाउँको दुखाइको विषय होइन मंत्री महासेठले भने कर्मचारीले गरेर मात्रै  सिन्डिकेट तोडिएको भन्ने कुरामा सहमत हुन सकिदैन  ।

‘मैले त ३ चैतदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा पदभार ग्रहण गरेको हुु । दुई वर्षदेखी बिभागका निर्देशक भएकालाई  सिन्डिकेटको कुरा याद आएन, त्यो अवधिमा सिण्डीकेट तोडन किन सकिएन उनले प्रतिप्रश्न गरे  । सरकारको नीति कार्यान्वयन भएको छ त्यसैले सिण्डीकेट तोडियो यो सरकारको सफलता हो उनले भने ।  


पदभार ग्रहण गरेको १५ दिनपछि सिन्डिकेटको विरोधमा आफ्ना नीतिहरु घोषणा गरेको मन्त्री महासेठले जनाएं । उनका अनुसार यदि कर्मचारीहरुको सुरुदेखि नै सहयोग भइदिएको भए देशमा क्यान्सरको रुपमा जकडिएको सिन्डिकेट उहिले नै अन्त्य हुन्थ्यो । यातायात व्यवसायीको सिन्डिकेट तोड्नमा सबैभन्दा बढी मिडियाले नै सहयोग गरेको उनको भनाई छ ।


  निर्वाचन समितिका सदस्य एवं वरिष्ठ पत्रकार बीएम खनालको अध्यक्षतामा भएको प्रमाण पत्र वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रिय कोशाध्यक्ष राजेश मिश्रले प्रदेश समिती सामु निक्कै चुनौती रहेतापनी अवसर पनि त्यतिकै रहेको बताए । उनले केन्द्र र जिल्लाको सेतुको रुपमा समन्वय गरि कार्य गर्न प्रदेश समितिलाई शुभकामना दिए ।


प्रादेशिक अध्यक्ष दिपेन्द्र चौहानले सबै जिल्ला शाखा, केन्द्रिय समितीसङ्गको समन्वय तथा पत्रकारको हितमा काम गर्ने बताए । उनले श्रमजिवी पत्रकारको हकहितमा र दक्षता अभिवृद्धि र सुरक्षाको लागि सदैब सक्रियता पुर्वक प्रतिबद्ध भई कार्य गर्ने बताए । महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र,महिला उपाध्यक्ष मनिका झा, वीरेन्द्र रमण लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.