logo

बैदेशीक रोजगारीमा पाठउने नाममा अर्वौको ठगी धन्दा चलाउदै आएका राम श्रेष्ठ पक्राउ

      5/20/2018 गते 00 00 मा प्रकाशित     911   पटक पढिएको

काठमाडौं ६ जेठ । यातायात क्षेत्रको सिण्डीकेट तोडेको सरकारको ध्यान अव बैदेशीक रोजागरीमा रहेको सिण्डीकेट बिरुद्ध केन्द्रीत भएको छ ।  मलेसियामा काम गर्न जाने कामदारसंग गैर कानूनी रकम असुल्दै आएका राम श्रेष्ठलाई पक्राउ गरेर सरकारले त्यस बिरुद्धको कारवाही शुरु गरेको छ ।  


श्रेष्ठहार्भेस्ट मुन ग्रुप अफ कम्पनीका अध्यक्ष हुन्।उनले मलेसिया सरकारको उच्च अधिकारीको मिलेमतोमा भिएलएन र वानस्टप सर्भिसका नाममा ७ हजार ७ सय ८० रुपैयाँ उठाउँदै आएका थिए। चार वर्षको अवधिमा यो कम्पनीले करिब पाँच अर्ब रुपैयाँ कामदारबाट अवैध रुपमा उठायो। कामदारबाट उठाएको यो रकममध्ये नेपालस्थित मलेसिया दूतावासको खातामा ७ सय रुपैयाँ मात्रै जान्थ्यो। 

श्रेष्ठको यो कामका बिरुद्ध बिभिन्न निकाय यहा सम्म की अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका छानविन गर्ने निकायमा उजुरी पर्यो।तर ती सबै निकायले छानविन गर्ने बहानामा यो कम्पनीलार्इ उन्मुक्ति दिए।श्रेष्ठले उन्मुक्ति पाउनुमा अरु कुनै कारण थिएन।कामदारबाट उठाएको अर्बौ रुपैयाँ उनले राजनीतिक दल,अख्तियारदेखि सम्वन्धित मन्त्रालयमा पुर्याउने गरेका थिए ।‘ 


भिएलएनबाट सुरु भएको ठगीधन्दा बढ्दै ०७३ वैशाखबाट ‌माइग्राम र असारबाट ओएससी, जिएसजी भन्ने संस्था थप गरेर असुली थालियो।यो अवधिमा ६ लाख ७० हजार नेपालीसँग अर्बौ रुपैयाँ उठाउँदा पनि तात्कालिन सरकारले गुपचुप राख्यो।३६ प्रतिशत ब्याज तिरेर ऋण काँढेका जनताबाट मलेसिया जाँदा १८ हजार रुपैयाँ अवैध असुली गरिन्थ्यो।यो अवधिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पटक रपटक आन्दोलन गर्यो तर कुनै सुनुवार्इ भएन।

तर अन्तिममा मलेसियामै महाथिर मोहम्मदको सरकार आएपछि श्रममन्त्री गोकर्ण विष्टले यी सबै संस्था खारेजीको घोषणा गरे।यो घोषणासँगै गरीब जनताबाट पैसा उठाउने संस्थाका प्रतिनिधीलार्इ कारवाही सुरु भएको छ।‘

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.