logo

कम्युनिष्ट नेताहरुको अभिब्यक्ति सुन्दा मुलुकले स्थायित्व र शान्ति पाउने कुरामा शंका पैदा भयो -अध्यक्ष थापा

      5/21/2018 गते 00 00 मा प्रकाशित     781   पटक पढिएको

बीरगंज ७ जेठ । 
राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्बिधान र प्रजातन्त्रको आवरण भित्रैबाट मुलुक सर्वसत्तावाद तर्फ उन्मुख भएको बताएका छन  । 


बीरगंजको होटेल सुरजमा सोमवार  पार्टीको राष्ट्रीय परिषदको बैठक उद्धघाटन गर्दै अध्यक्ष थापाले सम्बिधान र प्रजातन्त्रको आडमा न्यायपालिका प्रशासनसंयन्त्र र सम्बैधानिक अंगहरु कब्जा गर्ने नियत देखिएको बताए  । उनले  न्यायपालिका कब्जा भएको छ प्रशासन संयन्त्रमा पचास प्रतिशत र सम्बैधानिक आयोगहरु जुन वाँकी छन ति कब्जा गर्ने तयारी भइरहेको दावी गरे । 

 


तत्कालिन माओवादी र एमालेको पार्टी एकताप्रति बधाई समेत दिएका  अध्यक्ष थापाले पार्टी एकिकरण पछिको घटनाक्रम र  मुख्य नेताहरुको अभिब्यक्ति सुन्दा मुलुकले शान्ति र  स्थायित्व पाउनेमा आशंका ब्यक्त गरे । 


उनले  अहिलेकै घटनाक्रम र नियतबाट अगाडि बढने हो भने आमसंचार क्षेत्रको स्वतन्त्रतामा माथी पनि संकट आउने दावी गरे । 


हालै सम्पन्न निर्वाचनको परिणामबाट पार्टीमा देखा परेको निराशालाई अन्त्य गर्नकालागि आयोजना गरिएको बैठकमा अध्यक्ष थापाले फेरी पनि पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्नकालागि आव्हान गरे । अध्यक्ष थापाले भने “पार्टी एकताको शर्त अध्यक्ष पद बन्छ भने पनि आफू अध्यक्ष पदबाट राजीनामा दिन तयार छु ” ।


राष्ट्रवादी लोकतान्त्रिक शक्तिहरु वीचमा एकता आवश्यक रहेको बताउदै अध्यक्ष थापाले बिभाजनले कसैलाई फाइदा नभएको बताए । पार्टी बिभाजनमा कस्को के दोष थियो एक अर्कालाई आरोप लगाउन छाडौ अध्यक्ष थापाले भने “ सबै मतभेद बिर्सिएर देशलाई एउटा बलियो राजनीतिक शक्तिको आवश्यक रहेकोले  धर्म परिर्वतन,भ्रष्टाचार र सर्वसत्तावादको बिरुद्धमा रहेका राष्ट्रवादी सबै शक्तिलाई एकतामा आउन समेत अपिल गर्दछु ”।


अहिले मुलुकमा धर्म परिर्वतन, भ्रष्टाचार र सम्बिधानकोे आडमा सर्वसत्तावाद आउने खतरा नेपालका मुख्य चुनौतीका रुपमा रहेको अध्यक्ष थापाले बताए  । 
धर्म परिर्वतन भ्रष्टाचार र सर्वसत्तावादलाई परास्त गर्ने बिकल्प भनेकै भनेको हिन्दू राष्ट्र र राजसंस्था सहितको लाकेतन्त्रले मात्र सक्ने बताए  ।

 

नेपालमा राजसंस्था समाप्त भयो भने प्रजातन्त्र बलियो हुदैन कम्युनिष्टहरुको शासन कायम हुन्छ भन्ने बि.पी. कोइरालाको भनाईको स्मरण गर्दै अध्यक्ष थापाले भने “सहमती र सम्झौताको राजसंस्था सहितको लोकतन्त्र र हिन्दु  राष्ट्रले मात्र मुलुकलाई अहिले  देखिएको सम्भावित खतराबाट बचाउन सक्छ ”


उद्धघाटन समारोहमा पार्टीका उपाध्यक्ष बुद्धिमान तमाङ्ग,राजीव पराजुली महासचिव तथा सासद राजेन्द्र लिङ्देन लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए  । ९ गते सम्म संचालन हुने परिषद बैठकमा ७७ जिल्लाबाटै प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 

परिषद बैठकमा सागठानीक प्रतिवेदन ,बिधान संशोधन,चुनावी समिक्षा,पार्टीको आगामी कार्यदिशा निर्माणका बिषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका सहमहामंत्री राजाराम बर्तौलाले जानकारी दिए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.