logo

मोदी भ्रमण व्यवस्थापनको खर्चमा विवाद,गद्धी सरकार प्रतिनै सवाल उठयो

      5/22/2018 गते 00 00 मा प्रकाशित     768   पटक पढिएको

अलि असगर देवान

 जनकपुरधामः  प्रदेश २ मा खर्चको विषय लिएर सत्तारुढ दलहरुबीच नै अहिले विवाद चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा भएको खर्चको बिषय लिएर विवाद चुलिएको हो ।

मोदी भ्रमणको समिक्षा गर्न बसेको बैठकमा सांसद डिम्पल झाले खर्चको विवरण मागेपछि विवाद सुरु भएको स्रोतको भनाइ छ । उनले खर्चको विवरण माग्दा कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र राजपा प्रदेशसभा सदस्य झाबीच विवाद भएको बैठकमा सहभागी एक नेताको भनाई छ ।

सवारी व्यवस्थापनदेखि लिएर अन्य व्यवस्थापनमा अनियमित्ता गरिएको भन्दै सांसद झाले बैठकमा बिरोध गरेपछि विवाद सतहमा देखिएको छ । कुनैपनि जिल्लामा आवश्यकता अनुसार सवारीसाधन नगएको समिक्षा बैठकमा उनले बताइएकी थिइन ।

 

तरपनि बिभिन्न व्यवस्थापनको नाममा राज्यको ढुकुटी सिँध्याउने काम मात्र भइरहेको बैठकमार्फत उनले गुनासो जाहेर गरेकी छन् । तर यो विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद झाले प्रतिक्रिया दिन चाँहिनन् ।

समिक्षा बैठकमा खर्च विवरण माग्दा राजपा सांसद झामाथि दुव्र्यहारको विषय लिएर अहिले फोरम(राजपाको सम्बन्ध चिसिएको छ । दुव्र्यहार गर्ने सांसदले माफी नमागे सरकारबाट आफ्नो समर्थन फिर्ता लिन समेत राजपा संसदीय दलले निर्णय गरेको राजपा महामन्त्री मनिष सुमनले जनाए । उनका अनुसार गएको ४ जेठमा भएको प्रदेश(२ को संसदीय दलको बैठकमा यस्तो निर्णय गरिएको छ ।

कहाँ -कति खर्च ?

मोदीको भ्रमणलाई सफल बनाउनको लागि काम बाँडफाड गरेर मुलसमितिसहित बिभिन्न ७ वटा उपसमितिहरु बनाइएको थियो । मुल समारोह समिति,मंच वयवस्थापन उपसमिति,सरसफाई तथा स्वागतद्वार उपसमिति,प्रचार(प्रसार उपसमिति,शान्ति सुरक्षा उपसमिति,जन परिचालन उपसमिति र आर्थिक व्यवस्थापन उपसमितिगरी साँतवटा समिति÷उपसमितिहरु बनाइएको थियो । प्रत्येक समिति÷उपसमितिहले आफ्नो जिम्मेवारी अनुसार छुट्टाछुट्टै खर्च गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

भ्रमणमा जनपरिचालन समितिको संयोजक कृषि मन्त्री शैलेन्द्र साहका अनुसार २८ बैशाखमा भएको मोदी भ्रमणमा २ सय ३० बस परिचालन गरिएको जनाए । उनका अनुसार धनुषामा ६०,महोतरीमा ७०,सर्लाहीमा ४०,रौतहटमामा ४०,पर्सामा २० गरी ८ वटै जिल्लामा आवश्यकता अनुसार बस परिचालन गरिएको छ । कृषिमन्त्री साहले रौतहटमा ४० वटा बस परिचालन गरिएको भनेपछि सांसद झाले यो गलत रहेको भन्दै आक्रोसित भएकी थिइन् ।

 

उनका अनुसार रौतहटमा १० वटा बसमात्र परिचालन गरिएको थियो । तर बढी बस पठाइएको भनेर रकम अनियमित्ता गर्न लागिएको सांसद झाले बैठकमा उठान गरेको स्रोतको भनाई छ ।

कृषिमन्त्री साहका अनुसार प्रत्येक बसमा ५ हजारको दरले खाजा व्यवस्थापन पनि गरिएको थियो । अर्थात २ सय ३० वटा बसमा साढे ११ लाखको खाजाको व्यवस्था गरिएको थियो । कृषिमन्त्री साहले बसमा खाजाको व्यवसथा गरिएको दाबी गरेपनि बसमा आएकाहरुले भने आफूले खाजा नपाएको बताएका छन् । बीरगन्जबाट आएका खुुुर्सेद आलमले आफूहरु बीरगन्जबाट भोकै जनकपुर आएको बताए ।

 

कतैबाट पनि बसमा खाजाको नपाएको उनको भनाई छ । उनले भने,‘कार्यक्रम स्थलमै पिउने पानीको समेत व्यवस्था गर्न नस्कनेले कसरी बसमा खाजाको व्यवस्था गर्ला रु ’ बस कति भाँडामा रिजर्भ गरिएको भन्ने सवालमा मन्त्री साहले रकम खुलाउन आनाकानी गरे ।

त्यस्तै सामाजिक विकास मन्त्री रामनरेश रायले प्रचार(प्रसारमा ५० लाख भन्दा बढी खर्च भएको बताए । उनका अनुसार प्रत्येक जिल्लाको रेडियो,टिभी,पत्रपत्रिका सुचना प्रकाशन÷प्रशासरण गर्न दिइएको थियो । जसमा ५० लाखभन्दा बढी खर्च भएको उनको दाबी छ । त्यस्तै मञ्च व्यवसथापनमा १ करोड ६७ लाख खर्च र पेन्टिङमा २० लाखको हाराहरीमा खर्च भएको स्रोतको भनाई छ ।

मोदीको भ्रमणको व्यवस्थापनमा ७ करोड भन्दा बढी खर्च भएपनि मुख्यमन्त्रीको कार्यालयबाट भने औपचारिक घोषणा गरिएको छैन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार भ्रमणमा प्रदेश सरकार र जनकपुर उपमहानगरपालकाले छुट्टाछुट्टै खर्च गरेको छ,त्यही भएर खर्च विवरण आउन सकेको छैन् ।

खर्चको विषय लिएर अहिले राजपा(फोरम गठबन्धन धरमराउन थालेको छ । राजपा संसदीयदलले गरेको निर्णयमा सहमति नभए प्रदेशसमा राजपासंगको गठबन्धनमा समस्या बढ्दै गएको राजपा नेताहरुको आंकलन छ ।सभार अन्नापूर्णपोष्ट डटकम ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.