logo

प्रदेश २ का यस्ता छन सरकारका प्रथामिकता

      5/31/2018 गते 00 00 मा प्रकाशित     1027   पटक पढिएको

बीरगंज जेठ १७ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका अर्थमंत्री युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का महत्वपूर्ण आयोजनाहरुले प्रथामिकता पाएका छन । 

 


यो मुलुककै महत्वकांक्षी आयोजनाको रुपमा रहेको अन्तराष्ट्रिय बिमानस्थलको निर्माण प्रक्रिया समेटिएको छ । 
प्रदेश २ मा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई तीव्रता दिइने बजेटमा उल्लेख छ ।

 

प्रदेशको प्रशासनीक मुख्यालय रहेको जनकपुरका बिषयमा पनि बजेटले बोलेको छ । आन्तरिक उडान भइरहेको जनकपुर विमानस्थललाई पनि क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने र छिमेकी मुलुकमा उडान भर्न योग्य बनाउने सरकारको योजना छ । काठमाडौं–निजगढ द्रुतमार्गले बजेटमा प्राथमिकता पाएको छ ।

 

आगामी आर्थिक वर्षभित्रै वीरगन्जदेखि काठमाडौंसम्मका रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ । बर्दिबास–सिमरा रेलमार्गको आगामी आर्थिक वर्षभित्रै डिपिआर तयार पारिनेछ । सुनकोसी–कमला सिँचाइ आयोजना निर्माण र हुलाकी राजमार्ग निर्माणलाई बजेटले प्रथामिकता दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.