logo

मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले ग¥यो बीरगंजमा अन्तरक्रिया 

      11/20/2018 गते 00 00 मा प्रकाशित     1135   पटक पढिएको

०७५ मंसीर ४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मंगलवार बीरगंजमा सरोकारवाला निकाय संग मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ । 


इन्सेक केन्द्रीय कार्यालयका सम्झा श्रेष्ठको नेतृत्वमा रहेको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल,पर्साका एसपी रेवती ढकाल बीरगंज कारागार र स्थानीय अधिकारकर्मीहरुसंग भेटगरि मानव अधिकारको अवस्थाको बारेमा छलफल गरेको हो । 


पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले मानव अधिकारका बिभिन्न पक्षहरुको बारेमा पर्सा जिल्लाको समग्र अवस्थाको बारेमा चर्चा गरेका थिए ।

उनले आर्थिक,सामाजिक,सास्कृति शिक्षा,स्वास्थ खाद्य , सामुदायिक अन्तरघुलन वालश्रम र त्याहा मानव अधिकारको अवस्थाको बारेमा चर्चा गर्दै अधिकारको उपभोगको वतावरण बनाउन आफनो तर्फबाट भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।

 

उनले मानव अधिकारको अवस्था बहाल गराउनकालागि स्थानीय तहहरुले पनि प्रयास गरिरहेको बताए । आफनो तर्फबाट शान्ति सुरक्षाको अवस्था बनाई राख्न र अधिकारको उपभोगको वतावरण बनाई राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे । 


पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले पर्साका अपराधको प्रवृतिका बारेमा जानकारी गराएका थिए । अपराध सहिता लागू भइसको पछिको अवस्थाको बारेमा चर्चा गर्दै उनले अपाधीलाई कानूनी दायरामा ल्याउन त्यसले कुनै अप्ठयारो नपारेको प्रष्ट पारे । 


टोलीले बीरगंज कारागारका निमित्त प्रमुख दीपक यादवसंग पनि कारगारको भौती अवस्था र कैदी बन्दीको अवस्था स्थितिका बारेमा छलफल गरेको थियो । 


त्यसैगरि अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार संघ संस्थामा आवद्ध अधिकारकर्मीहरुसंग पानि टोलीले होटेल कुमु प्यालेसमा अन्तरक्रिया गरेको थियो । त्यस क्रममा पर्साको समग्र मानव अधिकारको अवस्था तुलानात्मक रुपमा सुधार रहेको उनीहरुले बताएका थिए ।

मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश थारु,संचारकर्मी रितेश त्रिपाठी अधिकारकर्मी निला राम ,शम्भु साह संचारकर्मी बिमला गुप्ता लगायतले आफनो बिचार राखेका थिए ।

 

इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले संचालन गरेको कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान र अधिकृत जागेश्वर यादवको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.