logo

“नक्कली शिक्षकदेखि परीक्षामा घूससम्मको आरोप, नेशनल मेडिकल कलेजमाथि संसद्मा गम्भीर प्रश्न,सांसद अन्सारीले गरे छानविनकाे मांग

 इसीमाना सम्बाददाता     २०८३ असोज १६ गते ०२: १९ मा प्रकाशित     334   पटक पढिएको

 । नेशनल मेडिकल कलेजमा चिकित्सा शिक्षा तथा शैक्षिक गतिविधिसँग सम्बन्धित गम्भीर अनियमितता भइरहेको आरोप प्रतिनिधिसभामा उठेको छ।

 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले संसद्मा बोल्दै कलेजले नियामक निकायको अनुगमनलाई प्रभावित पार्न नक्कली शिक्षक तथा बिरामी प्रस्तुत गर्ने गरेको दाबी गरेका छन्।

 

 सांसद अन्सारीका अनुसार चिकित्सा शिक्षा आयोगको अनुगमनका क्रममा वास्तविक बिरामीको सट्टा कलेजमा कार्यरत सुरक्षा गार्डलाई समेत बिरामीका रूपमा प्रस्तुत गरी इमर्जेन्सीमा उपचार भइरहेको देखाउनेसम्मका गतिविधि हुने गरेका छन्।

 

 उनले करिब २५ जना प्राध्यापक कागजमा मात्र सीमित रहेको र नियमित रूपमा काम नगर्ने व्यक्तिलाई शिक्षकका रूपमा देखाएर स्नातकोत्तर तहका सिट कायम गरिएको आरोप पनि लगाए।

 

कलेजभित्रका अनियमितताबारे आवाज उठाएका पीजी तहका विद्यार्थीहरूलाई समेत व्यवस्थापनले दबाबमा राखेको आरोप सांसद अन्सारीले लगाए।

 

 उनका अनुसार केही विद्यार्थीलाई छात्रावासबाट हटाइएको तथा अस्पताल र अध्ययनस्थलमा प्रवेश गर्न रोक लगाइएको छ।

 

 त्यसैगरी, परीक्षामा उत्तीर्ण गराउने नाममा विद्यार्थीबाट रकम असुली हुने गरेको दाबीसमेत संसद्मा गरिएको छ।

 

स्वदेशी विद्यार्थीबाट करिब तीन लाख रुपैयाँ तथा विदेशी विद्यार्थीबाट पाँच लाख रुपैयाँसम्म लिने र उत्तरपुस्तिकामा समेत प्रत्यक्ष रूपमा उत्तर लेखिदिने गरिएको आरोप अन्सारीले लगाए।

 

सांसद अन्सारीले यस्ता गतिविधिले चिकित्सा शिक्षाको गुणस्तरमा मात्र प्रश्न नउठाई भविष्यमा उपचार सेवाको गुणस्तर र बिरामीको सुरक्षामाथि समेत असर पर्न सक्ने बताएका छन्।

 

उनले कलेजमा देखिएको भनिएको अनियमितताबारे चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको सम्बन्धित डिन कार्यालय, स्थानीय प्रशासन तथा प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाए।

 

 प्रभावशाली व्यक्तिहरूको संरक्षणका कारण नियमनकारी निकाय प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको आरोप छ।

 

अन्सारीले सरकारले तत्काल निष्पक्ष छानबिन अघि बढाउनुपर्ने माग गरेका छन्। छानबिनबाट कलेज दोषी प्रमाणित भएमा त्यहाँ अध्ययनरत निर्दोष विद्यार्थीहरूको शैक्षिक भविष्य प्रभावित नहुने गरी उनीहरूलाई अन्य मेडिकल कलेजमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ।

 

 कलेजमाथि लगाइएका यी आरोपहरूको स्वतन्त्र तथा आधिकारिक छानबिनबाट मात्र वास्तविक अवस्था स्पष्ट हुने देखिन्छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.