बीरगंज ५ मंसीर ।
प्रहरीले बलात्कारको अरोपमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर निवासी ३२ वर्षिय राजकुमार यादव बिरुद्ध उजुरी दर्ता गरेको छ ।
उनी बिरुद्ध आज जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो । उनीमाथि स्थानीय एक २५ वर्षिया महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
४ गते दिउसो उनले ति महिला घरमा एक्लै भएको अवस्थामा उनके घरमा गएर मुख थुनेर जर्वजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख ।
पीडित महिलाको जेठानी बिरामी भएकोले उपचारकालागि उनलाई अस्पताल लगिएकोले उनी घरमा एक्लै थिइन । उनका श्रीमान भने काम गर्नकालागि आफनो खेतमा गएको थिए ।
पीडित महिलाको स्वास्थ्य परिक्षण ५ गते नै बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको पर्सा प्रहरीले जनायो । पीडक यादव भने फरार रहेका छन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया