logo

इन्सेकद्वारा  मानव अधिकारर उल्लंघनका घटनाहरु सार्वजनीक

      11/25/2018 गते 00 00 मा प्रकाशित     1607   पटक पढिएको

बीरगंज मंसीर ९ ।
पर्सामा गतबर्ष भन्दा यसबर्ष मानवअधिकार उल्लंघनका घटनाहरु बढेकोे पाईएको छ । मानवअधिकार सम्बन्धी काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले गरेको बार्षिक समिक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक भएको छ । 


२०१८ को जनवरी देखी हाल सम्म अलिेख गरिएका घटनाहरुको बारेमा समिक्षा गोष्ठीमा चर्चा भएको थियो । इन्सेक प्रतिनिधि के.सी.लामिछानेले मानव अधिकार उल्लघंनका घटना सम्बन्धी तथ्याकं प्रस्तुत गरेका थिए । वर्षभरिमा पर्सामा १८ वर्ष भन्दा मुनिका १७ वालिका बलात्कृत भए ।

 

 १८ वर्ष भन्दा माथिका ६ महिला बलात्कारबाट पीडित भए । १८ वर्ष भन्दा मुनी एक वालिका बलात्कार प्रयास बाट पीडित भइन त्यस्तै १८ वर्ष माथी दूई महिला बलात्कार प्रयासबाट पीडित भए । हत्याका ९ घटना भएका छन । अप्राकृतिक यौन  दुब्र्यवहारका १ गैर राज्य दूब्र्यवहार १ र राज्यका तर्फबाट दुब्र्यवहारका २ घटना भए ।

 

मानव बेचबिखनका ४ घटना भएका जसमा दुई घटनामा १८ वर्ष भन्दा कम उमेरका ४ जना वालिका पीडित भए । यो वर्ष पर्सामा ४३ वटा घटनाहरु समिक्षा अवधी सम्ममा प्रकाशमा आएको इन्सेक प्रतिनिधि लामिछाने बताए । 
मानव बेचखिन , बलात्कार र बलात्कार प्रयासका गरि ४ घटनाका अभियुक्तहरु भने फरार रहेको अवस्था रहेको छ ।


समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारकर्मीहरु र राज्यका निकायहरुवीचको सम्बन्ध आजकल अनौठो हुदै गएको चर्चा गरे । उनले मानव अधिकारको पक्षमा काम गर्नेहरुले समनवय कायम गरेर अर्थपूर्ण रुपमा काम गर्न सुझाव दिए । 


त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रेवती ढकालले प्रहरी मानव अधिकारको सम्मानकालागि हरहमेसा प्रतिवद्ध रहेको बताए । उनले महिला र वालवालिकाको सन्दर्भमा प्रहरी झनै सम्बेदनशील रहेको बताए ।

उनले मानव अधिकारको पक्षमा अझै जनचेतना मुलक कार्यक्रमहरु आवश्यक रहेको बताए ।

 

प्रहरी कार्यालयमा आम मान्छेहरुको पहुच सहज भएको चर्चा गर्दै प्रहरीलाई मिलाइदिन्छु भन्दै पैसा असुल्ने दलालहरुबिरुद्ध कारवाही शुरु गरिएको समेत उनले बताए ।

 

उनले सामाजिक संजालका कारण मानव अधिकार सम्बन्धी घटनाहरु चर्चामा आएपनि त्यसको अन्तिम साङ्गो पाङगो सम्म कसैले ध्यान नदिएकोमा भने चिन्ता गरे  । उनले पत्रकारहरुलाई आग्ह गर्दै भने यस्ता मुद्धाहरुमा अदालत सम्म पुग्दा के हुन्छ त्यसको पनि फ्लोअप गरिदिनु प¥यो । 


कार्यक्रममा  मानव अधिकार रक्षक संजाल पर्साका संयोजक प्रकाश थारु ,दलित महिला संघका पर्सा संयोजक निला राम, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्ण खनाल पत्रकारहरु रितेश त्रिपाठी,सुरेश बिडारी लगायतले आफना बिचार ब्यक्त गरेका थिए । कार्यक्रम मानव अधिकार निगरानी  समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.