logo

अखाद्य बस्तुको बिक्री बितरण गर्ने माथि फौजदारी मुद्धा चलाइने 

      12/2/2018 गते 00 00 मा प्रकाशित     1687   पटक पढिएको

वीरगन्ज,१६ मंसीर ।
वीरगन्ज कुम्हाल टोल वार्ड नम्बर ५ मा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएको छ ।

 

डिभिजन कार्यालयको एक कार्यक्रमवीच  वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले उदघाटन गरे ।


 डा भूसालले वीरगन्ज सडक पेटीहरुमा जथाभावी रुपमा विक्रि भइरहेको खाद्यय बस्तुहरुको नियन्त्रणकोलागि महानगरपालिकाले छिटै अभियान सुरु गर्ने बताए ।

 

 खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमार्फत  वीरगन्जवासीले आउने समयमा उत्कृष्ट  सेवा पाउने आशा व्यक्त गर्दै महानगरपालिका भित्र  विक्रि भइरहेको अखाद्य वस्तुहरुको नियन्त्रणको लागी महानगपालिकाबाट चाहिने आवश्य सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत ब्यक्त गरे ।


कार्यालयको बारेमा जानकारी गराउदै  कार्यालय प्रमखु खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झाले अखाद्य वस्तु उत्पादन तथा विक्रि वितरण गर्ने व्यक्तिमाथी फौजदारी मुदा चलाउने नयाँ कानून प्रावधान भएको जानकारी गराए ।

 

उनले बजार अनुगमण गर्नुको साथै  कार्यालयले प्रत्येक वडासगं समन्वय गर्दै अखाद्य वस्तु बिक्रि बितरण नियन्त्रणको लागि अभियान चलाउने बताए ।

कार्यलयमा अहिले दुइ जना खाद्य निरिक्षण र एक कार्यालय सहयोगीको दरवन्दी रहेको कार्यक्रममा कार्यलय प्रमुख झाले जानकारी गराए  । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.