logo

१९ वर्षिय महिला माथि काठमाण्डौ देखी बीरगंज सम्म पटक पटक बलात्कार, दुई पक्राउ अन्यको खोजी हुदै

अमानवीय अपराधको निकृष्ट श्रृखंला, एक बलात्कारीद्वारा पीडित महिला अर्को बलात्कारीलाई हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०७८ असार ३१ गते ०८: ३४ मा प्रकाशित     1119   पटक पढिएको


१९ वर्षिय महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले महानगरपालिका वडा नं।२१ बस्ने २७ वर्षिय सुनील महतो र पोखरिया न.पा. वडा नं.६ बस्ने  २५ वर्षिय शिवबालक महतोलाई ०७७ असार ३० गते गिरफतार गरेको छ । 

असार २७ गते बिहान रुकुम जिल्ला घर भएकी १९ वर्षिय महिला २ वर्षिय छोरा सहित बुटवल जानकोलागि कलङ्की चोकनिर सार्वजनीक सवारी साधनको प्रतिक्षा गर्दै थिइन ।

 

सोही बखत  ना.५.ख.२८७० नम्बरको ट्रक चालक   सुनील महतोले  नारायणगढसम्म पुर्‍याइदिन्छु भनी उनलाई ट्रकमा चढाए । पहिरोका कारण चितवनमा बाटोमा जाम थियो ।

 

जाममा गाडी रोकिएको अवस्थामा महतोले  ट्रकको क्याबिनभित्र सीटमा जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन । असार २८ गते जाम खुलेपछि महतोले  युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउसो १ बजे  शिवबालक महतोले चलाएको ना.६ख.३३६९ नं. को ट्रक रोकी उक्त ट्रकमा चढाइदिए ।

 

ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ति युवतीले बताइन । महतोले ट्रकमा उनलाई बीरगञ्जतर्फ ल्याएको र बीरगञ्ज ल्याउने क्रममा  पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक करणी गरिएको पीडित महिलाले बताइन ।

 

असार गते बिहान ८ बजे महतोले   सोही ट्रकका सहचालक सोही ठाउका २७ वर्षिय  इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पुर्‍याउन भनेकोमा निज सहचालक इन्दल चौहाननाको ४०  वर्षिय ब्यक्तिले   पीडितलाई ड्राइपोर्ट परवानीपुर सडकखण्डको बिचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी हिँडेका थिए । 

 

दिउसो ५ बजेको समयमा र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताउनु भयो ।

 

 प्रहरीले पीडित महिलाको नालीबेली ससनीसकेपछि  घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले  चलाएको दुइटा ट्रसहित गिरफतार गरेको छ ।

 

पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । महिलाको स्वास्थ्य परिक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा भएको छ ।

 

प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको न्यायीक हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिनु भयो ।  २ घट्नामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको उहाँले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.