logo

पत्रकार फसाउने षडयन्त्रमा संलग्न रहेको आरोप लागेपछि रौतहटका प्रहरी प्रमुख बिरुद्ध पनि छानविन हुने 

 इसीमाना सम्वाददाता     २०७८ भदौ ८ गते ०३: ०५ मा प्रकाशित     937   पटक पढिएको

नेपाल प्रहरीका रौतहट प्रमुख एसएपी सिद्धिविक्रम शाह बिरुद्ध पनि अनुसन्धान हुने भएको छ ।

 

 योजनावद्ध रुपमा रौतहटका पत्रकारलाई लागु औषधको कारोवारीको रुपमा देखाएर फसाउन खोजेको घटनासंग प्रहरी उपरिक्षको नाम जोडिए पछि उनी बिरुद्ध पनि अनुसन्धान हुने भएको हो ।  

 

जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले पत्रकार सञ्जय सहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले शाहबिरुद्ध छानबिन गर्ने भएको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले प्रश्न उठेका विषयमा छानबिन हुने बताएका छन । 
सोमबार पत्रकार सम्मेलन गरेर रौतहट प्रहरीले पत्रकार महाशाखा जिल्ला शाखा रौतटहका सह–सचिव सञ्जय सहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो ।

 

प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको जनाएको थियो ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेका छन् । त्यसअघि उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका छन् । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।

 नेपाल पत्रकार महासंघ, रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले एसपी शाह आफैं घटनामा फस्ने भएपछि सबै दोष सहनीमाथि थुपरेको हुनसक्ने आशंका गरे । 


पत्रकार सम्मेलनमा पनि महासंघका केन्द्रीय सदस्य शिव पूरीले प्रहरीले सहनीलाई दोषी देखाएर आफू पन्छिन खोजेको बताएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

धनुषामा मोटरसाइकल दुर्घटना सर्लाहीका २२ वर्षीय युवकको मृत्यु

जनकपुर ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

जीतपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु, चालकबारे अनुसन्धान जारी

जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.