logo

एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको छः अध्यक्ष ओली

 इसीमाना सम्वाददता     २०७८ कार्तिक १५ गते ०५: ४७ मा प्रकाशित     757   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनकालागि आफ्नो पार्टीलाई बहुमत चाहिएको बताएका छन । नेकपा एमालेको भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको बताए ।

 

अध्यक्ष ओलीले देशको ठुलो पार्टी बनाउन होइन देश बनाउनकालागि बहुमत चाहिएको बताए । उनले परिर्वतन ल्याउन र देश बनाउन बहुमत चाहिएको प्रष्ट पारे । प्रतिगामीको आरोप लागेका ओलीले प्रचण्डको गृह जिल्ला चितवनबाट प्रतिगमनलाई तोडेर अगाडि बढ्ने संकल्प एमालेको संकल्प सार्वजनीक गरे । 


देश बनाउने नीति एमालेसंग मात्र रहेको अध्यक्ष ओलीले दावी गरे । उनले भने देश बनाउने पार्टी नेकपा एमाले मात्र हो । 
हजारौ जनताको सहभागिता रहेको कार्यक्रममा उनले नागरिकलाई प्रश्न गरे कांग्रेसले देश बनाउने कुरा गरेको कहिल्ये सुन्नुभएको छ ?  ।

 

एमालेबाट चोइटिएको पार्टीले एकीकृत समाजवादी नाम राखेको बताउँदै अध्यक्ष ओलीले भने बिचारले दक्षीणपन्थी नेतृत्व अवसरवादी  । 
ओलीले भरतपुरमा पुगेर चितवन रामजन्मभूमि भएको  दोहर्याएका छन । अध्ययन गर्दै जाँदा चितवन रामजन्मभूमि भएको उनले बताए । 

एमाले नेता प्रभु साहको ओलीलाई निस्वार्थ साथ 

एमाले नेता प्रभु साहले अध्यक्ष ओली जिउँदो हुँदासम्म आफूले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले भने– ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म निस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।

महाधिवेशनमा चितवनले आफ्नो तागत प्रस्तुत गर्नुपर्ने भन्दै चितवनका नागरिकले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई दिनेहरुलाई सजाय दिनुपर्नेमा साहले जोड दिए ।

उनले विगतको निर्वाचनमा भएको क्षतिपूर्तिसहित आगामी निर्वार्चनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी गरे ।


कार्यक्रममा चितवनमा २६ वर्षदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार वीरेन्द्रमणि पौडेल एमाले प्रवेश गरेका छन्। उनी नारायण टुडेका प्रकाशक तथा सम्पादक हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.