logo

साइकल खरिद प्रकरण, मुख्यमंत्री राउतलाईलाई राजीनामा दिन चौतर्फी दवाव, प्रमाण लोप गर्न सक्ने आशंका 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ३ गते ०४: २२ मा प्रकाशित     980   पटक पढिएको

भ्रष्टाचार ठहर भए राजीनामा दिन्छुू भन्ने सीएमः साहेब अब के गर्ने ?अख्तियारले भनिसक्यो , भ्रष्टाचार गरेको हो भनेर । लोसपाका युवा नेता मुकेश द्विवेदीले आफनो फेसबुक पेजमा स्टाटस लेखेका छन ।

उनको  स्टाटसमा आएका प्रतिक्रियामा राजीनामा नै उचित मार्ग भन्ने सन्देश छ । ब्यङ्य र आक्रोश पनि उतिकै छ । 

यसैवीच प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले  पनि मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन । 

प्रदेश २ मा सञ्चालित सम्भवत  सबैभन्दा बढी चर्चा पाएको , नेपालको राष्ट्रपती बिद्यादेवी भण्डारीले खुलेर प्रशंसा गरेको  सरकारी योजना ‘बेटी पढाऊ, बेटी बचाऊ’  मा अनियमितताको शङ्का गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १५ असोजमा मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागतपत्रहरू नियन्त्रणमा लिएको थियो।


मुख्यमन्त्री कार्यालयले चार चरणमा गरी ४१ हजार २ सय ६२ थान साइकल खरिदमा भएको झन्डै २९ करोड खर्चविरुद्ध उजुरी परेको थियो । त्यही उजुरीका आधारमा भएको छानवीनमा भ्रष्टाचार भएको देखिएको हो । 

 

अख्तियारले छापामारेर कागजपत्र नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउतले  “अख्तियारले छापा मार्ने तरीका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्‍यो, त्यो फट्याइँ हो,” भनेका थिए ।


उनले अख्तियारले छापा हाने लगत्तै पनि मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर मुख्यमंत्री राउतले  “सहज तरीकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौं। तर, छापामार शैलीमा आउनु प्रदेश सरकारमाथिको षड्यन्त्र हो।” भनेका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि गरेपछि मुख्यमंत्री राउतको राजीनामाको माँगले गती समातेको छ ।

 

साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे देखी नै  मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको थियो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले  प्रथम चरणको अनुसन्धानमा भ्रष्टाचार भएको पुष्टि गरेको छ । भेष्टाचार भएको पुष्टि भएकोले मुख्यमंत्रीले राजीनामा दिनु पर्ने आवाज उठन थालेको हो । पदमा बसेर प्रमाण नष्ट गर्न सक्ने भएकोले मुख्यमंत्रीले  राजीनमा दिनु पर्नेमा जोड दिन थालिएको छ ।

 

 भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दालाई कमजोर बनाउनकालागि  प्रमाण लोप गर्न सक्ने भएकोले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने आवाज जोडले उठेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.