logo

पार्टी केन्द्रबाट साँसद यादव निष्काशित , मेयर सरावगी मनोनित 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ८ गते ०९: ४५ मा प्रकाशित     4444   पटक पढिएको

काठमाण्डौमा ४ दिन देखी चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्काशन गरेको छ । 

 

पार्टीको हित बिपरित कार्यमा संलग्न रहेको पाइएकोले यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

 

सासद यादवलाई अहिले पार्टीको केन्द्रीय सदस्यबाट निष्काशन गरिएको छ अधिकारीले भन्नु भयो उहाँको बिषयमा थप छानविन गर्न समिति गठन भएको छ त्यसको प्रतिवेदन आएपछि थप कारवाहीको बिषयमा पार्टीले निर्णय लिने छ ।

यस अघि जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको थियो । यादवले पार्टीले दिएको समयसीमा भित्रै जवाफ दिदै पार्टी बिरोधी कुनै पनि गतिविधिमा आफनो संलग्नता नरहेको जवाफ दिएको नेता अधिकारीले बताउनु भयो ।

 

साँसद यादवको इनकारी जवाफ आएकोले छानवीनालागि समिति बनेको उहाँले बताउनु भयो । पार्टी समिति पहिले देखि नै क्रियाशिल रहेको बताउदै नेता अधिकारीले त्यसको रिपोर्टका आधारमा अन्य कारवाही के हुने भन्ने तय हुने बताउनु भयो । 

 

गठबन्धन सरकारको मंत्रीमण्डल बिस्तारमा जसपाबाट मंत्रीमा आफनो नाम समावेश नगरिए पछि यादवले बिभिन्न संचार माध्यम मार्फत पार्टी नेतृत्व बिरुद्ध अभिब्यक्ति दिएका थिए ।

उनका सर्मथकहरुले पार्टीको पर्सा जिल्ला कार्यालय र काठमाण्डौको वालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी तोडफोड पार्टीको झण्डा जलाउने,पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने प्रर्दशन गर्ने क्रियाकलापहरु गरेका थिए । पार्टीले यि सबै काम सांसद यादवको निर्देशनमा भएको ठहर गर्दै उनलाई सात बुंदे स्पष्टीकरण सोधेको थियो । 


बैठकले केन्द्रीय समितिमा केही नयाँ अनुहार पनि थपेको उहाँले बताउनु भयो । बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगी पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । त्यस्तै डा.सूर्य नारायण यादव ,बिकास तिवारी रामबाबु यादव लगायत पार्टीको केन्द्रीय समितिमा मनोनीत भएका छन । 

 


 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.