logo

वीरगञ्जमा राजेशमानको ‘जीत’, कांग्रेसको सामूहिक ‘आत्महत्या’

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २४ गते ०५: २५ मा प्रकाशित     1522   पटक पढिएको

वीरगञ्जमा आफ्नो दलको संगठन सबैभन्दा बलियो हुँदाहुँदै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको सत्तालोलुप प्रवृत्तिका कारण कांग्रेसीहरू वीरगञ्ज महानगरबाट मात्र होइन, पर्सा जिल्लाबाटै पत्तासाफ हुने अवस्थामा पुगेका छन् ।

  

प्रतिद्वन्द्वी दलहरूमा आएको टुटफुट र विचलनका कारण यस पटक स्थानीयदेखि प्रदेश र संघसम्मै कांग्रेसको अवस्थामा उल्लेख्य सुधार हुने अनुमान गरिएको थियो । तर, नेपाली कांग्रेसको किल्लाको रुपमा चिनिएको वीरगञ्जमा गठबन्धनको नाममा जनता समाजवादी पार्टीका राजेशमान सिंहलाई मेयरको रुपमा बोकेर हिड्नुपर्ने अवस्था बनेपछि असल कांग्रेसीहरू निराश बनेका छन् ।

वीरगञ्जमा नेपाली कांग्रेसबाटै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय र वौद्धिक स्तरका एकसेएक मेयरका आकांक्षी भए पनि देउवाको दबाबमा गुण्डागर्दीको छवि बनाएका राजेशमानलाई मेयरको उम्मेदवारको रुपमा स्वीकार गर्नु परेको भन्दै केन्द्रीय नेतृत्वप्रति क्रुद्ध बनेका छन् ।

 

गठबन्धनका नाममा कांग्रेसको किल्ला जसपाको जिम्मा लगाइएपछि भोलिका दिन वीरगञ्जमात्र होइन, पर्सा जिल्लाबाटै कांग्रेसको पत्तासाफ हुने भन्दै कांग्रेसहरू चिन्तित छन् ।

२०७४ सालको स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका विजयकुमार सरावगीभन्दा कांग्रेसबाट उठेकी उपमेयर शान्ति कार्कीले बढी भोट ल्याएकी थिइन् । यसबाट पनि वीरगञ्ज कांग्रेसको किल्ला हो भन्ने पुष्टि हुन्छ ।

तर, अहिले मेयरको टीकटका लागि पार्टी चाहार्दै हिँडेका राजेशमानलाई गठबन्धनको मेयरको उम्मेदवारको रुपमा अघि लगाएर प्रचारप्रसारमा हिड्नु पर्दा आत्मग्लानी भइरहेको एक कांग्रेसी नेताले बताए ।

अर्कातिर, चुनावको मुखमा लोसपाबाट एमाले हुँदै जसपा छिरेका राजेशमानलाई टीकट दिएपछि जसपाभित्रकै एक तप्का चरम असन्तोषमा रहेको बुझिएको र उनीहरूले मतमार्फत विद्रोह गर्ने जनाउ दिइसकेका छन् ।

अहिले वीरगञ्जमा राजेशमानले जीत हात पारे भने वीरगञ्जबाट मात्र नभएर पर्सा जिल्लाबाटै कांग्रेसले आफ्नो शक्ति गुमाउने विश्लेषण गर्न थालिएको छ ।

चितवनको भरतपुरमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणुलाई जिताउन हालै आयोजन गरिएको सभामा गठबन्धनका नेताहरुले यो चुनावी समीकरण प्रदेश र संघको चुनावसम्मै जाने संकेत गरिसकेका छन् । शीर्षस्थको यो संकेत बुझेका कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै चुनावी गठबन्धन प्रदेश र संघीय संसदको चुनावसम्मै जाने बताउँदै आएका छन् ।

यसो हो भने भोलिका दिनमा पर्सा जिल्लाका २ संसदीय क्षेत्रलगायतका प्रदेशसभामा तत्कालीन संघीय समाजवादीले जितेका क्षेत्रमा अहिलेको जसपालाई छोड्नुपर्ने हुन्छ । तत्कालीन संघीय समाजवादीबाट विजयकुमार सरावगीले मेयरमा जितेकै कारण अहिले गठबन्धनमा जसपाले वीरगञ्जको मेयर पाएको हो । तर, सरावगी अहिले एमालेबाट मेयरको उम्मेदवार छन् ।

मेयरमा राजेशमानको जीत भएको खण्डमा जसपाले आफ्नो शक्ति कायम रहेको सावित गर्ने र भोलिका दिनमा गठबन्धनमा समेत पर्साका कांग्रेसीहरूको भाग खोसिने निश्चित देखिएको कांग्रेस पर्साका एक प्रभावशाली नेताले बताए । गठबन्धनमा जसपाले आफनो आधार क्षेत्र मधेश भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा धेरै सीट यतै माग्ने छन ।

यस्तो अवस्थामा नेपाली कांग्रेसका चिनिएका नेताहरु अनिल रुङटा, अजयकुमार चौरसिया, रामनारायण कुर्मी, विजय सर्राफ, रामरुप कुर्मी, राजेश्वर साह तेली, जनार्दन सिंह क्षेत्री, सुरेन्द्र चौधरीलगायतका नेताहरुको सीट असुरक्षीत हुन सक्ने छ । कांग्रेस सबै सिट हँुदा त भाग नपुगेर अन्र्तघातको शिकार हुदै आएको छ । यस्तोका सिट कम हँुदै जादा र आज जसलाई भोट दिएर जितायो भोलि उहीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउदा कांग्रेसलाई मर्नु न बाच्नु को अवस्था आउने छ ।

यसकारण वीरगञ्ज महानगरमा गठबन्धनबाट राजेशमानको जीत भएमा त्यो पर्साका कांग्रेसीहरूका लागि सामूहिक ‘आत्महत्या’ सरह हुने बुझाइ स्थानीय नेता कार्यकर्ताको छ ।

वीरगञ्ज मधेस प्रदेशको एकमात्र महानगर भएकाले यहाँ राजेशमानको जीतले नगर र जिल्लामा मात्र नभएर प्रदेशस्तरमै नेपाली कांग्रेसको संगठनको बलमा धक्का लाग्ने विश्लेषण गरिएको छ ।

वर्षौदेखि पार्टीमा योगदान दिएका नेता कार्यकर्तालाई अवसर दिने बेलामा अन्य दलमा खराब छवि बनाएकालाई उम्मेदवार मानेर हिड्नुपर्ने अवस्थाले कार्यकर्तामा चरम निराशा भएको ती नेताको दुखेसो छ । यस्तै हो भने जिल्लाका नेता र कार्यकर्ता पार्टी छोडेर लाखापाखा लाग्ने दिन आउने र भित्रभित्रै यो क्रम शुरु भइसकेको ती नेताले बताए ।

अहिले नेपाली कांग्रेसका कार्यकताएलाई नै जसपाले पार्टी प्रवेश गराउने अभियान नै चलाएको छ । जसपाको यो हर्कतलाई सचेत कांग्रेसीहरुले गठबन्धन भन्ने, तर कांग्रेसकै कार्यकर्ता जसपामा छिराउने ? भन्दै प्रश्न गर्न थालेकामात्र छैनन्, उनीहरु जसपाको नियतप्रति सशंकित हुन थालेका छन् ।

मेधसवादी दलहरूमा आएको विभाजनका कारण शक्ति छिन्नभिन्न भएको जसपा अहिले वीरगञ्ज महानगरमा सबैभन्दा बलियो मानिएको नेपाली कांग्रेसको पुच्छर समातेर चुनावी जीत हात पार्ने उद्देश्यमा भए पनि कांग्रेसको भविष्यप्रति चिन्तित कांग्रेसीहरूले के गर्लान् ? अहिले यसै भन्न सकिने अवस्था छैन ।

संभारःसमता दैनीक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.