logo

महानगरका निर्वतमान प्रमुखद्वारा जनमतको उच्च सम्मान,प्रमुख सिंह र आलम सहित सबैलाई दिए बधाई

 इसीमाना सम्बाददाता      २०७९ जेठ १० गते ०४: ३४ मा प्रकाशित     807   पटक पढिएको

बीरगंज महानगरपालिकाका निर्वतमान प्रमुख बिजय कुमार सरावगीले नयाँ निर्वाचित प्रमुख राजेशमान सिंह ,उपप्रमुख इम्तियाज आलम लगायत सम्पूर्ण वडाध्यक्ष तथा नगर परिषद् सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन ।


आफनो फेसबुक पेजबाट सन्देश जारी गर्दै सरावगीले बिजयी सबैलाई बधाई दिदै वीरगञ्जका मतदाताले स्थानीय चुनाव २०७९ मार्फत प्रकट गरेको अभिमतको उच्च सम्मान गरेका छन।


सरावगीले लोकतानित्रक संघीय गणतन्त्र नेपालमा ०७४ को निर्वाचन मार्फत आफूलाई महानगर प्रमुख बनाउने र प्रमुख भई सेवामा समर्पित हुने मौका दिनुभएको भन्दै फेरी पनि महानगरवासीप्रति आभार प्रकट गरेका छन ।

उनले पहिलो कार्यकालमा आवश्यक कानूनको निर्माणको परिवेशको चर्चा गर्दै सीमीत श्रोत साधन, कोरोना महामारी जस्ता कुराले जन अपेक्षाको सम्बोधन सहज नभएको स्मरण गर्दै असहज अवस्थाकै बीचमा वीरगञ्जमा विकास निर्माणका थुप्रै काम भएको उल्लेख गरेका छन । 


हामीलाई थाहा छ, संघीयता कार्यान्वयनको पहिलो कार्यकाल मूलतः कानूनी पूर्वाधार निर्माणको समय थियो । महानरको सरावगीले
वीरगञ्जको वृहत्तर विकासको आधार तयार भएको र विकासको तीव्र गतिमा दौडिन सक्ने अवस्थामा पुगेको चर्चा गर्दै सरावगीले पछिल्लो अनुभवको आधारमा बीरगंजको बिकासकालागि फेरी महानगरवासीको बीचमा आउन चाहेको तर आदरणीय नगरवासीले मतादेशमार्फत स्थापित गर्नुभएको नेतृत्व परिवर्तनको चाहानाप्रति म सम्मान व्यक्त गर्दछु भनेका छन ।


यो चुनावी महाअिभयानमा विभिन्न कठिनाइहरूलाई सामना गर्दै सक्रियतापूर्वक सहभागी हुनुभएका सम्पूर्ण वीरगञ्जवासी मतदाता, कर्मचारी, सुरक्षाकर्मीहरू, नेकपा एमालेका नेता तथा कार्यकर्ता, सहयोगी एवम् शुभेच्छुकहरूमा म कृतज्ञता प्रकट गर्न चाहान्छु सरावगीले भनेका छन स्थानीय सरकारको रुपमा पहिलो कार्यकालमा महानगरले तयार पारेका विकासका आधारहरूलाई अबको नयाँ नेतृत्वले थप परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने छ भन्ने मैले विश्वास लिएको छु, त्यस निम्ति मेरो शुभेच्छामात्र होइन, निरन्तर सहयोग रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.