logo

लोककल्याणकारी विज्ञापनको भुक्तानी वितरण गर्ने मंत्री शमाको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८० जेठ ९ गते ०५: ०४ मा प्रकाशित     458   पटक पढिएको

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन नरोकिने र लोककल्याणकारी विज्ञापन छपाई गरे बापतको पत्रपत्रिकालाई दिइदै आएको भुक्तानी पनि नियमित रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघको टोलीले बुझाएको ज्ञापन पत्र बुझदै मंत्री शमाृले यस्तो प्रतिवद्धता ब्यक्त गरेकी हुन ।


विज्ञापन बोर्डले के कसरी सूचना बाहिर पठायो त्यसबारे आफूलाई जानकारी नभएको र बोर्डमा रकम अपुग भए सञ्चार मन्त्रालकै अन्य शीर्षकको रकमलाई रकमान्तर गरेर भए पनि लोककल्याणकारी विज्ञापनको भुक्तानी वितरण गर्ने मंत्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी हुन।

 

विज्ञापन बोर्डले गत वैशाख ३१ गते एक सूचना जारी गर्दै लोककल्याणकारी विज्ञापन नपठाउने र भुक्तानी समेत नपठाउने निर्णय गरेको थियो । बोर्डको यो निर्णयका बिरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले बिज्ञप्ति जारी गर्दै भूक्तानीको निरन्तरताको माँग गरेको थियो ।

 

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति आन्दोलनमा उत्रिएको थियो । संचार सम्बद्ध अन्य संस्थाहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियनले पनि बोर्डको यस्तो निर्णय मान्य नहुने भन्दै बिज्ञप्ति जारी गरेका थिए । मंगलवार माग सम्बोधनमा कुनै चासो नदेखिएसँगै सञ्चारकर्मीद्धारा मंगलबार बोर्ड अध्यक्ष लक्ष्मण हुमागाँईको कार्यकक्षमा तालाबन्दी गरिएको नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले जानकारी दिएका छन् ।


मंगलबार बिहान बोर्ड अध्यक्षको कार्यकक्षमा ताला मारेपछि उपत्यका प्रदेश समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तीन बुँदे ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष तथा स्वरोजगार सञ्चार माध्यमका हक हितका संरक्षक दामोदर प्रसाद दवाडी, नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव टेनिस रोका, कोषाध्यक्ष अर्जुन पन्त, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, सचिव महेश गौतम लगाएत दजनौं बरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.