logo

प्रतिपक्षको अवाज निषेध गर्दै गठबन्धन सरकार भ्रष्टाचार बिरुद्ध रहेको नाटक मंचनमा ब्यस्तः एमाले महासचिव पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० भदौ १ गते ०१: ३० मा प्रकाशित     427   पटक पढिएको

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मुलुक राजनीतक अस्थितरता एवं अराजकताको चुनौतीबाट गुज्रीनु परेको बताएका छन । बीरगंजमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासभिव पोख्रेलले ३४ वर्षमा २८ प्रधानमंत्री बनेको घटनाले पनि त्यो कुराको पुष्टि गरेको बताए ।

 

महासचिव पोख्रेलले जनताको मुख्य रोजाईको पार्टी राष्ट्र संचालनको मुख्य जिम्मेवारीबाट बाहिर रहदा जनतामा निराशाको अर्को चुनौतीपनि थपिएको बताएका छन । त्यसले सामाजिक अरजाकताको अवस्था निर्माण गरेको उनले बताए । ०७४ को जनादेश बिपरित परमादेशबाट नयाँ सरकार गठन गर्ने कामले राज्यका संरचनाहरु कमजोर भएको उनले बताए ।

No description available.

अदालत अदालत जस्तो रहेन , संसद संसद जस्तो रहेन उनले भने राज्यका सबै अंगहरु कमजोर भएका छन । सरकार राष्ट्र जनताको हितमा काम गर्न नसक्ने गरि निरिह भएको छ । मुलुकमा बैधानिक अर्थतन्त्र कमजोर हुने अबैधानिक तथा तस्करतन्त्र प्रोत्साहित हुने दुःखद अवस्था निर्माण भएको नेता पाख्रेलले बताए । उनले मेहनत गर्ने उधोग ब्यवसायी समस्यमामा छन कतिपयले आत्महत्या गरेको चर्चा गर्दै सरकारलाई यो कुराले कत्ति पनि नपोलेको बताए ।

 

अर्थतन्त्रमा आएको समस्याको जरो खोत्लदै महासचिव पोख्रेलले समस्याको कारण त सुनको तस्करी रहेको पुष्टि भएको बताए । १ महिनामा २ हजार किलो सुन अबैध तरिकाबाट भित्रिएको तथ्य सार्वजनीक भएको छ त्यसको कारणले मात्र १ अर्व राजस्व हिनामिना भएको बताउदै उनले भने “बैधानिक कारोवार ठप्प गर्ने र अवैधानिक कारोवारलाई प्रोत्साहित गर्ने गठबन्धन सरकारका कारण तस्करी धन्दा फस्टाएको छ ।

 

लाखौ युवाहरुलाई बिदेश जान बाध्य बनाइएको छ । युवाहरु देशमा भए त बिकास निर्माण हुने हो तर काम गर्ने युवाहरु देशमा नभएवपछि देशको बिकास हुन सक्दैन । नेता पख्रेलले अर्थतन्त्र समस्यामा परेको छ तर सत्ता निकट ब्यपारीको सम्पती ४० अर्व बृद्धि भएको रिपोर्ट सार्वजनीक हुन्छ यसले गठबन्धन सरकार आम जनताको प्रतिनिधत्व गर्न सक्दैन भन्ने कुराको पुष्टि भएको बताए ।

No description available.

सत्ता पक्ष प्रतिपक्षको आवाजलाई दमन गर्न खोज्दैछ नेता पाख्रेलले भने “सुन तस्करी काण्डको न्यायीक निरुपणकालागि छानविन समिति बनाऔ भन्ने हाम्रो मत हो ,संसदमा जव प्रतिपक्ष बोल्न खोज्छ तव सत्ता पक्ष उठेर अवरोध सृजना गर्छ यदी गल्ती गरेको छैन भने सत्तापक्ष यसरी किन डराई रहेको छ ।


सुन तस्करी काण्डमा माओवादीका नेतासगं २ सय पटक फोन सम्वाद भएको तथ्य सार्वजनीक भएको छ । सुन तस्करसंग त्यती धेरै फोन गर्नुको पछाडी त्यस्तो महत्वपूर्ण कुरा के थियो त्यसको जवाफ दिनु पर्दैन महसचिव पोख्रेलले भने “ जनतालाई भ्रम दिनकालागि सत्ताा पक्ष भ्रष्टाचार बिरुद्ध रहेको नाटक मंचान गरिरहेको छ । सत्तापक्ष यो मुद्धा उटाएर जनताको मनलाई डाइभ्र्रट गर्न खोज्दैछ । सबै घटनाहरुको छानविन गर्नु पर्छ नेकपा एमाले र त्यसको नेतृत्वले क्लि चिट पाउने छ । त्यसमा कोही दोषी देखियो भने त्यसलाई कारवाही गर्ने कुरामा नेकपा एमाले पछि पर्ने छैन ।

 


जनमत बिभाजन भएकाले बलियो राष्ट्रिय शक्ति निर्माण भएन, जसले बिकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि लान सकिएन महासचिव पोख्रेलले भने “ म मधेशका जनतालाई अपिल गर्न चाहानन्छु अव एमालेको पक्षमा आफूलाई उभ्याएर एमालेलाई राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्नुहोस सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकंक्षा पुरा गरिने छ । महासचिव पाख्र्रेलले मधेशमा हुलाकी राजमार्गको निर्माण । सघन शहरी बिकास , सीमा बिकास कार्यक्रम सबै एमालेले गरेको बताए । पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको थियो ।

No description available.

महासचिव पाख्रेलले आजै बीरगंजमा नेकपा एमालेको मधेश प्रदेशको प्रचार तथा प्रकाशन बिभागको कार्यालय उद्घाटन गरेका छन । बिभागका इन्चार्ज अरविन्द कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई पुरुषोत्तम पौडेल ,अच्यूत मैनाली , प्रभू हजरा, राजकुमार गुप्ता, कल्पना कटुवाल सरोज यादव , जुली महतो, पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा एमालेका सल्लाहकार बिजय कुमार सरावगी, सुमन प्याकुरेल एकवाल मिया, अजय गुप्ता लगायतका नेहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पर्सा प्रहरीको चेतावनी, सामाजिक सञ्जालका भ्रामक समाचारप्रति सतर्क रहन अनुरोध

वीरगंज ।  पर्सा जिल्लामा सामाजिक सञ्जालहरू टिकटक फेसबुक लगायतका सामाजिक नेकवर्क मार्फत तोडफोड, आगजनी र अशान्ति भएको भनेर फैलिएका भिडियो र समाचारहरू पूर्ण रूपमा भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.